शुक्रबार, १७ जुलाई २०२६

टिकटकर तुलसा अधिकारी कारागार चलान

News Image
• • •

सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेकी टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि कारागार चलान भएकी छन्।

जिल्ला अदालत ललितपुरमा न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएकाे हाे।

उनलाई नख्खु कारागार लगिने ललितपुर प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीले बताए।

टिकटकर अधिकारीसहित १० जना प्रतिवादीविरुद्ध कुमार चिमोरियाले जाहेरी दिएका थिए। उनीहरूमाथिनेपाल सरकार वादी रहेको आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरण समेतको कसुरमा मुद्धा चलाइएको थियो।

टिकटकर अधिकारीको २१ करोड सम्पत्तिको स्रोत नखुलेको अभियोजनमा दाबी गरिएको छ। पक्राउ छल्न चीन हुँदै थाइल्यान्ड पुगेकी उनलाई इन्टरपोलको सहयोगमा थाइल्यान्डबाट पक्राउ गरेर नेपाल झिकाइएको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!