जसले ९ सय मानिसलाई एकसाथ आत्महत्या गर्न बाध्य बनाए

तस्बिरहरू :  एजेन्सी
तस्बिरहरू : एजेन्सी

सन् १९५० मा अमेरिकामा यस्तो घटना घट्यो, जसले सम्पूर्ण विश्वलाई अचम्मित बनायो। यस्तो घटना, जहाँ एकै पटक नौ सयभन्दा बढी मानिसले सामूहिक आत्महत्या गरे।

उनीहरूलाई आत्महत्या गर्न बाध्य बनाएका थिए, जिम बारेन जोन्सले। जो अमेरिकामा पिपुल्स टेम्पल (धर्म पद्दति)का सञ्चालक थिए।  


 को हुन् जिम बारेन जोन्स?

जिम जोन्सको जन्म सन् १९३१ मा अमेरिकाको इंडियाना सहरमा भएको थियो। जोन्सका बुवा अमेरिकी सैनिक थिए। तर प्रथम विश्व युद्दमा घाइते भएका उनका बुवालाई परिवारले बचाउन सकेनन्। बाल्यकालमा नै बुवा गुमाएका जोन्सले कल्ट (धर्म पद्दति) मा लागे र १९५० मा इंडियाना राज्यमा आफ्नाे धर्म पद्दति (पिपुल्स टेम्पल) को सुरुवात गरे।

कल्ट के हो?

कल्ट एउटा धर्म पद्दति हो। जसको कुनै निश्चित अवधि हुन्छ। तर जब कल्टले एक अवधि सकाएर अर्काे अवधिमा लाग्छ, त्यसले धर्म पद्दतिको रुप लिन्छ। त्यहाँ उनका हजारौँ भक्त थिए। उनीहरु जोन्सलाई भगवान मान्थे। समाजवादी विचारधारा भएकै कारण उनलाई इसाई धर्मका मानिसले पनि भगवान मान्न थालेको थिए।

इंडियानामा आफ्नो छाप छाडेपछि उनी क्यालिफोर्नियामा गए। त्यहाँ पनि उनी अनेक उपाय लगाउँथे र मानिसलाई आफ्नो धर्मप्रति विश्वास गराएर भक्त बनाउँथे।

जब उनको चौतर्फी चर्चा हुन थाल्यो, उनी क्यालिफोर्नियाबाट गुयाना पुगे र अमेजन जंगलमा आफ्नो सहर बनाए। जसको नाम ‘जोन्स पिपुल्स एग्रीकल्चर प्रेजेकट’ राखे र आफ्ना भक्तसँग रहनको लागि एउटा सहर बनाए। त्यसको वास्तविक नाम ‘जोन्स टाउन’ थियो।

कसरी रहन गयो जोन्स टाउन?

एउटा विशेष कारण गुयानामा जोन्स टाउन बस्न दिइयो। त्यतिबेला अमेरिका र भेनेजुयलाबीच राम्रो सम्बन्ध थिएन। भेनेजुयलाको सिमाना गुयानासँग जोडिएको थियो। यदि अमेरिकाले आक्रमण गर्‍यो भने आफू चपेटमा पर्ने डर थियो, भनेजुयलालाई। तर आक्रमण भएपनि अमेरिकाले आफ्नै नागरिकमाथि आक्रमण गदैनन् भन्ने कुरामा विश्वास थियो, गुयानालाई

त्यसकारण गुयानाले जोन्स टाउनलाई ३८०० एकड जमिन दियो र सन् १९८४ मा ‘जोन्स टेम्पल’ बन्यो। त्यहाँबाट आवतजावत गर्न नदिन ठुला-ठुला भ्यु टावर बनाएर निरीक्षण गर्ने गरेको थियो। जुन ठाउँमा जोन्सले चलाएका धर्म मान्ने मान्छे मात्र बस्न पाउँथे। त्यस कारण सन् १९७८ नेम्बर १८मा ९०९ जना भक्तले एक साथ आत्महत्या गरे।

कसरी मनाए एकसाथ आत्महत्या गर्न?

जोन्स रङ्गभेद, अन्याय, पुँजीवाद र असमानताको विपक्षमा आवाज उठाउँथे। उनका विचार धेरै मानिसले मन पराउँथे। त्यसैगरी अमेरिकामा रहेका अश्वत नागरिकहरुका लागि आवाज उठाउँथे।

गोराहरुको चपेटाबाट आजित भएका कोही अश्वत अमरिकी, अफ्रीकी र यहुदी पनि उनका भक्त भए। जसरी विभिन्न धर्मले मृत्युपश्चात स्वर्ग जाने पाइने सपना देखाएर धर्म परिवर्तन गर्न लगाउँछन्, ‘पिपुल्स टेम्पल’ मा पनि त्यसैअनुसार लोभ देखाएर भक्त बटुल्ने काम हुन थाल्यो।

जसकारण जोन्स भक्त झन् बढ्दौ जान थाले। दिनभर काम गरेर थाकेका मानिस रातमा उनका प्रवचन सुन्न पुग्थे। जहाँ कसैलाई बाहिर जाने अनुमति थिएन। यदि कोही भाग्न खोजेमा सजाए दिने गरिन्थ्याे।

जोन्स टाउनको नियम नमान्नेलाई रातभर कुवामा झुन्डाएर पिट्ने, ड्रग्स खुवाउने जस्ता सजाए दिने गरिन्थ्याे। जोन्स त्यहाँ भएको स-साना बच्चालाई ढालका रुपमा प्रयोग गर्थे। यदि कुनै मानिस त्यहाँबाट भागे भने पनि आफ्ना बच्चाको मायाले फेरि आउने विश्वास जोन्समा थियो।

उनी आफ्ना भक्तलाई सबैभन्दा पहिला खाली कागजमा हस्ताक्षर गर्न लगाउँथे र उनीहरुबाट गल्ती भएमा आफैँले चाहेको विषय लेखेर ब्ल्याकमेल गर्ने गदर्थे।

जब ‘जोन्स टाउन’ बाट एक जोडी भागे, उनीहरुले आफ्नो छोरा फर्काउन कानुनी रुपमा लडाइँको सुरुवात गरे। ‘जोन्स टाउन’मा रहेका मानिसहरुलाई शोषण गर्ने र उनीहरुलाई बन्धक बनाएर राख्ने गरेकाे बताए।

त्यसको लागि अमेरिकी सांसद लियो रियानलाई ‘जोन्स टाउन’ गएर वास्तविकता बुझ्न अपिल गरियाे। सन् १९७८ नेभेम्बर १७ मा सांसद आफ्ना मन्त्रालयका अधिकारी र पत्रकार लिएर जोन्स टाउनमा पुगे। तर त्यहाँ पुगेपछि केही मानिसले आफूहरु घर फर्कन चाहेको तर भाग्नेसमेत कोसिस गरेमा विभिन्न सजाए हुने गरेको बताए। जब यो कुरा जोन्सका नजिकका मान्छेले सुने, तिनीमध्ये एकले रियानमाथि चक्कु चलाए। उनीसँगै आएका व्यक्तिको पनि हत्या गरे।  

सांसदलाई मारेपछि अमेरिकी सेनाले आफूहरुलाई कुनै हालतमा नछोड्ने जोन्सलाई थाहा थियो। उनले ‘जोन्स टाउन’ मा भएका भक्तलाई एकै ठाउँमा बोलाएर डराउन र धम्काउन थाले, कि यहाँ भएका सबै मानिसले आत्महत्या गर्नुपर्छ।

आत्महत्या गरिएन भने अमेरिकी सरकारले तर्साएर रुवाइ-रुवाइ मार्नेछन्, यदि हामीहरु यहाँ भएका मानिसले आफ्नो स्वइच्छाले मरेमा इतिहासमा नाम रहने छ र साइनाइड विष पिएको खण्डमा स्वर्ग जान पाइने जस्ता आवश्वासन देखाए। यसै कुरालाई सही मानी कोही आफैँ स्वइच्छाले मरे त कोही त्यही साइनाइड खाएर मरे।

तर जो मर्न तयार भएका थिएनन्, उनीहरुलाई पनि जबरजस्ती साइनाइड खुवाइयो र अन्तमा कसैलाई गोली ठोक्न लगाएर जोन्सले पनि आत्महत्या गरे।

 

प्रकाशित मिति: : 2022-07-23 15:55:00

प्रतिकृया दिनुहोस्