सोमबार, १५ डिसेम्बर २०२५

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति माग

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
File photo
• • •

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ। कम्पनीले पहिलो चरणमा बोर्डसँग योग्य संस्थागत लगानीकर्ताको लागि २४ लाख कित्ता आईपीओ निष्काशनको अनुमति मागेको हो।

कम्पनीको प्रावधानमा कूल सेयरको ४० प्रतिशत  कित्ता योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ। सोहीअनुसार कम्पनीले बोर्डमा आवेदन दिएको हो। यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटलले गर्नेछ। 

रिलायन्स स्पिनिङ मिल्सले पनि बुक बिल्डिङ विधिबाट आईपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ। कम्पनीले पहिलो चरणमा बोर्डसँग योग्य संस्थागत लगानीकर्ताको लागि ७ लाख ७० हजार ६४० कित्ता आईपीओ निष्काशनको अनुमति मागेको हो।

कम्पनीको प्रावधानमा कूल सेयरको ४० प्रतिशत कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ। सोहीअनुसार कम्पनीले बोर्डमा आवेदन दिएको हो। यसमा पनि बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटलले गर्नेछ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!