दुई दर्शक अघि श्रमिका रूपमा मलेसिया आएका भोजपुर नेपाले–डाँडाका विनोद थापा अहिले मलेसियामा जमेका हुन्।
'मनमा इच्छाशक्ति र कडा मेहनत गरेपछि असम्भव के छ र' भन्ने उदाहरणका रूपमा उनै विनोदलाई हेर्न सकिन्छ। एकजना आफन्तको भरमा क्याम्पस पढ्नका लागि नेपाले–डाँडादेखि काठमाडौंसम्म पुगेकाे बताउँछन्, उनी।
त्याे बेला विनाेदका लागि काठमाडौं पनि उत्तिकै बिरानो लाग्थ्याे। तरपनि आफन्तले क्याम्पस भर्ना गरिदिए। अनि एउटा मारबाढीको पसलमा काम गर्न थाले। विनाेदलाई ती मारबाढीले महिनाको १५ सय रूपैयाँ पारिश्रमिक दिन्थे। सुरू–सुरूमा एक्लै थिए, उनी। खाना–बस्न र पढ्न पुगेकै थियो। लगतै विनाेदले भाइलाई पनि पढ्नका काठमाडौं ल्याए। अनि पैसाको अभाव हुन थाल्यो।
एकजनाको कमाईले दुई भाइको गुजारा चल्नै छाड्याे। साेच–विचार गरेर बढी तलव पाइने रोजगारीको खोजीमा निस्के, विनाेद। त्यो बेला भर्खरै मलेसिया रोजगारीमा जाने लहर चलेको उनले सुईको पाए।
उनी मलेसिया पठाउने मेनपावर कम्पनीको खोजीमा निस्ने। अन्ततः ८० हजार रूपैयाँ तिरेर पुकार इन्टरनेस्ल नामक मेनपावर कम्पनीबाट मलेसिया उडे।
०००
'परिश्रमले नै मानिसलाई सफल बनाउछ' भन्ने विनाेदको दिमागमै सेट भइसकेको थियो। समान्य श्रमिकका रूपमा मलेसिया आएका उनले केही समय कठिनाइ भाेगे। तरपनि उनी आत्तिएनन्। कडा मेहनत गर्दै गए।
विनाेदको इमान्दारीता र कामप्रतिको लगाप देखेर उनका हाकिमहरू दंग पर्थे। उनको भिषा र्शीषक परिर्वतन गरेर दर्जा बढ्दै गयो। विभिन्न सामानहरू विदेश निर्यात गर्ने कम्पनीमा काम गर्थे, उनी। हुँदा–हुँदा पछि म्यानेजर नै बने। लगतै उनलाई कम्पनीले पत्याएर जापान पठायो।
जापानमा पनि विनाेदले उत्तिकै क्षमता प्रदर्शन गरे। त्यहाँदेखि साहुजन झन् खुशी भए। उनकाे बोली बिक्न थाल्यो। थापालाई झन्–झन् विश्वास गर्न थाले। उनलाई अब आफै केही गराैँ भन्ने सोच आयो। अनि साहुसँग सल्लाह गरेर आफै गर्छु भनी बताए। साहुले पनि हाँसीखुसी अनुमति दिए।
विनाेदले मेलेसियाकै स्थानीयसँग मिलेर सुरक्षा गार्ड सप्लाई गर्ने एजेन्सी चलाउन थाले। कुनै बेला सामान्य श्रमिक भएर मलेसिया छिरेका उनले अहिले दैनिक सयौं श्रमिक मलेसिया उर्ताछन्। उनीहरू नेपाललगायत विभिन्न मुलुकका श्रमिकहरू हुन्।
०००
श्रमिकका पीडा बुझेका विनाेदको श्रमिकप्रतिको माया र ममता उत्तिकै छ। श्रमिक भएकै कारण आफ्नो व्यवसाय चलेको भन्दै उनले श्रमिकलाई सुरक्षित राख्नु आफ्नाे धर्म ठान्छन्।
बिएल नेपाली सेवासँगको भेटमा विनाेदले मुसुक्क हाँस्दै भने, ‘नेपाले–डाँडाबाट खाली खुट्टा काठमाडौं छिरेको हुँ। भाइ–बहिनी पढाउन र परिवारको खर्च धान्न मुस्किल भएर मलेसिया आएको हुँ। अहिले लाखौँ त नभनाैँ हजारौँको परिवार पाल्दैआएको छु।’
कडा परिश्रम र आत्मबल बढाएर चुनाैती पूरा गर्न सके एकदिन सफलता प्राप्त गरिछाड्ने उनकाे विश्वास छ। ‘उबेला गाँउमा क्याम्पस थिएन। आफन्तको सहयोगमा काठमाडौं आए। कोटेश्वर क्याम्पसमा भर्ना भए। पढ्दै गर्दा रोजगारी थाले। पुराना दिनहरू सम्झिँदा पीडा महसुस हुन्छ,’ विनाेदले बिगत सम्झिँदै भने।
०००
उनी व्यवसायी मात्रै हाेइनन्। अर्काे परिचय पनि छ– गैरआवसीय नेपाली संघ मलेसियाका लागि अध्यक्ष।
श्रमिकले भरिभराउ मलेसियाजस्तो मुलुकमा एनआरएनएलाई स्थापित गर्ने कुरा चानचुन थिएन। विनाेदले सबैलाई समेटेर एनआरएनए मलेसियाको उचाइँ ह्वात्तै माथि पुर्याए। सबै संघ–संस्था र समुदायलाई एकठाउँमा राखेर अघि बढे। विनाेद नेतृत्व गरेको समूहलाई अहिले सबैले 'भगवान्' मान्छन्।
मलेसियामा एनआरएनएको बोर्ड नै राखेर कार्यालय सञ्चालन गर्न सहज थिएन। तर उनी नेतृत्वको टोलीले कार्यालय मात्रै खोलेन भोलिका दिनमा दुःखमा परेका नेपालीलाई राख्ने सेल्टरसमेत स्थापना गर्यो। एनआरएनएको भवन र भित्ता–भित्तामा टासीएका नेपालका पोस्टर देख्दा गर्वले छाती फुलेर आउँछ।
पहिले–पहिले नेपाली संघ–संस्था र समुदायले कार्यक्रम गर्दा ठाँउ पाइँदैन्थ्याे। कतै सडक त कतै होटलका कोठा भाडामा लिएर गर्नुपर्ने बाध्यता थियो। तर अहिले त्याे बाध्यता हटेको छ। ढुक्कले कार्याक्रम गर्न सक्ने वातावरण बनेको छ।
समस्यामा परेका नेपालीहरूलाइ उद्धारदेखि नेपालसम्म पठाउने कार्यमा विनाेद नेतृत्वको समूह रातादिन नभनी खटिएकाे खट्यै छ। कोरोना महामारीकामा एनआरएनए मेलेसियाले कैयाैं नेपाली श्रमिको उद्धारमा उल्लेखनीय भूमिका खेलेको छ।
राहत संकलन गरेर नेपालसम्म पठाएको त्याे समय स्मरण गर्छन्, उनी। ‘समस्यामा परेको भन्दै नेपाली दाजुभाइकाे रात १२ बजे फोन आउँछ। सुनेपछि उद्धार गर्नैपर्यो। नेपाली दूतावासको पनि उत्तिकै सहयोग छ। जसका कारण उद्धार गर्न निक्कै सहज भएको छ,’ विनाेदले भने।
मलेसियका लागि नेपाली दुतावासको कार्यमाथि प्रसंसा गरेर थाक्दैनन्, उनी। ‘पेसा–व्यवसायलाई धरापमा राखेर पनि हामीले समाजसेवा गर्नुपरेकाे छ। कतिपय साथीहरूले कुरा नबुझ्दा कहिलेकाहीँ दिक्क लाग्छ,’ उनले भने।