मुलुकमा महाशक्ति राष्ट्रहरुको चलखेल बढ्यो : कमल थापा

File Photo
File Photo

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकमा बाह्य शक्तिहरुको चलखेल बढेको बताएका छन्।

पूर्वपराराष्ट्र मन्त्रीसमेत रहेका थापाले संसदीय चुनाव नजिकिँदै जाँदा महाशक्ति राष्ट्रहरुले नेपालमा चलखेल बढाएको बताएका हुन्।

‘संसदीय चुनाव नजिकिँदै जाँदा बाह्य शक्तिहरुको चलखेल बढेको छ। महाशक्ति आफनो अनुकूल ‘कठपुतली’ तयार गर्ने होडमा छन्’, थापाले भनेका छन्, ‘दिल्ली, बेइजिङ र बाशिंगटनमा पानी पर्दा काठमाडौंमा छाता ओड्ने जमात खोज्दैछन्, राष्ट्रवादी शक्ति निरीह बन्ने खतरा छ।’

अध्यक्ष थापाल नेपाली जनता सचेत हुनुपर्ने भन्दै राष्ट्रवादी अझै जिउँदै रहेको उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2022-07-16 12:18:00

प्रतिकृया दिनुहोस्