एमालेले भन्याे– एम अधिकारी गभर्नर होइनन् (पत्रसहित)

नेकपा (एमाले)ले पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी (खाेटाङ) गभर्नर नरहेको बताएकाे छ।

गभर्नर महाप्रसाद अधिकारीले एमालेलाई लेखेको पत्रको जवाफ दिँदै सो पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले एम अधिकारी गभर्नर नभएकाे स्पष्टीकरण दिएका हुन्।

एम.अधिकारीको विषयमा प्रश्न उठेपछि गभर्नर अधिकारीले आफू कुनै पनि पार्टीमा नरहेको र त्यस्तो पदमा बस्ने कल्पना पनि नगरेको उल्लेख गर्दै आफूलाई जोडेर भ्रम सिर्जना गरिएकोले यसबारे स्पष्ट पारिदिनुहुन भन्दै गभर्नर अधिकारीले बुधबार एमालेलाई पत्र पठाएका थिए। साे पत्रको जवाफ दिँंदै एमाले कार्यालयले गभर्नर अधिकारीलाई स्पष्ट पारिएकोबारे पत्र पठाएकाे हाे।

पत्रमा एम.अधिकारी गभर्नर नभएकाे बताए पनि एम अधिकारी काे हुन् भन्ने उल्लेख गरिएकाे छैन।

प्रकाशित मिति: : 2022-07-14 14:20:00

प्रतिकृया दिनुहोस्