बिएल संवाददाता
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले नयाँ सञ्चालक समिति चयन गरेको छ।१७औं वार्षिक साधारण सभाले सञ्चालक समिति चयन गरेको हो।
संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक समितिमा विश्राज रेग्मी, मनोहर दास मुल, अरुणराज श्रेष्ठ र उमेश रेग्मी निर्विरोध निर्वाचित भएका छन्।
नवनियुक्त अध्यक्ष मनोहर दास मुललाई बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा समितिको कार्यालयमा पद तथा गोपनियताको सपथ गराए।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७-०७८ को वासलात, नाफा नोक्सान हिसाव, लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीलाई कर प्रयोजनको लागि ०.५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
त्यस्तै बिशेष प्रस्ताव अन्तर्गत कम्पनीको हालको अधिकृत पुँजी १ अर्ब २५ करोडबाट बृद्धि गरी ३ अर्ब कायम गर्ने, चुक्ता पूँजीको ९.५ प्रतिशतले खुद हुन आउने बोनस शेयर बितरण गर्ने, मर्जर सम्बन्धी काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित भएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया