बिएल संवाददाता
लमजुङमा असार पहिलो साता रोपेको धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएकाे छ।
बेँसीहर नगरपालिका-११ रामचोक फाटमा धानमा किरा लागेसँगै किसानहरू चिन्तित भएका छन् । रामचोक फाँटमा राईस हिस्पा (काँडेदार खपटे) किराको प्रकोप बढेपछि कृषि प्राविधिक टोलीको सल्लाहअनुसार धानबालीमा विषादी छर्किएको छ।
कृषि ज्ञान केन्द्र र बेसीशहर नगरपालिका कृषि शाखाका प्राविधिक टोलीले सोमबार अनुगमन गरेर विषादी प्रयोग बारेमा जानकारी गराएका हुन्।खपटे किरा प्रकोपले भर्खर रोपेका कलिला धानको पात खाएर बिरुवा नै सुक्ने, धान बिरुवाको गुभो खान लागेपछि धानबाली नष्ट हुने भएकाले किसानहरू चिन्तित भएका छन्।
फाँटको करिब एक सय रोपनी धानबालीमा किरा प्रकोप देखिएको र मंगलवार करिब ५० रोपनीमा विषादी हालेको ज्ञान केन्द्रले जानकारी दिएको छ।
केन्द्रका कृषि प्रसार अधिकृत किरण सापकाेटाले फाँटमै पुगेर धानबाली अवलोकन गरी किरा प्रकोप र यसका उपचार विधिका बारेमा किसानलाई जानकारी गराएका थिए। किराको प्रकोप नियन्त्रणका लागि आवश्यक विषादी केन्द्रमा नभएकाले नगरपालिकाको सहयोगमा किसानहरुलाई विषादी उपलव्ध गराइएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया