विद्यालय जान डोकोभित्र बसेर खोला तर्नुपर्ने पनि कस्तो नगरपालिका ?

उकेरा

विकाश पराजुली

खोला तर्ने सुरसारमा छिन् अर्घाखाँची सितगंगा नगरपालिका- ७ कि झरना पुलामी कुमाल। उनको पिठ्युँमा डोको छ। डोकोमा भने सामान होइन, झरनाका ६ वर्षे छोरा छन्- राजन कुमाल।

आकाशे रंगको सर्ट लगाएका छन् राजनले। अर्थात् उनी रहरले डोकोभित्र बसेका होइनन्। विद्यालय जाँदा खोला तर्नुपर्ने बाध्यताले हो।

पुल नहुँदा छोरालाई डोकोमा बोकेर खोला तार्दै गरेकी झरनाको तस्बिर यतिबेला सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको छ।

सामाजिक सञ्जालले त झरनाको दैनिकी भर्खरै देख्यो, तीन तहको सरकारलाई वर्षौंदेखि भन्दा पनि यो दृश्य देखेन। सितखोला उर्लनासाथ उनी छोरालाई विद्यालय छाड्न र विद्यालयबाट घर लैजान डोकामा यसैगरी बोकेर खोला पार गराउँछिन्।

प्रकाशित मिति: : 2022-07-13 14:01:00

प्रतिकृया दिनुहोस्