चिनियाँ कम्युनिष्ट नेता र अध्यक्ष ओलीबीच भेटवार्ता

Photo: Bishnu Rijal
Photo: Bishnu Rijal

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

लिउ नेतृत्वको प्रतिनिधि मण्डल र अध्यक्ष ओलीबीच मङगलबार बालकोटमा भेटवार्ता भएकाे हाे। 

उक्त भेटवार्तामा एमाले विदेश विभाग प्रमुख राजन भट्टराईलगायत नेता विष्णु रिमालकाे सहभागिता रहेकाे थियाे। 

चार दिने नेपाल भ्रमणको सिलसिलामा लिउ शुक्रबार काठमाडौं आइपुगेका हुन्। 

त्यसपछि उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गरिसकेका छन्। 

आइतबार सीपीसीका विदेश विभाग प्रमुख लिउले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए। 

प्रकाशित मिति: : 2022-07-12 10:48:00

प्रतिकृया दिनुहोस्