'कांग्रेस विधानसम्मत चलेन, केन्द्रबाट अधिकार खोसियो' (भिडियाेसहित)

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टी विधानसम्मत नचलेकाे बताएका छन्।

'कांग्रेस नै विधान र संविधानसम्मत चलेन', उनले भने, 'विधि र विधानसम्म पार्टी चल्नुपर्छ। तर हाम्रो नेतृत्वले त्यस्तो लक्षण देखाएन।'

सोमबार केन्द्रीय समिति बैठकपछि पत्रकारसँग कुराकानी गर्दै सभापति पुनले चुनावमा केन्द्रले हस्तक्षेप गर्दा टिकट बाँड्न नपाएको पनि गुनासाे गरेका हुन्।

'प्रदेश कार्यसमिति त् बन्यो। तर टिकट बाँड्ने कुरा तल दिएर टिकटमा हस्ताक्षर गर्दा केन्द्रले हस्तक्षेप गर्‍यो', पुनले भने, 'प्रदेश, जिल्ला र स्थानीय तहलाई दिएको अधिकार केन्द्रबाट खोसियो। हामीले टिकट बाँड्ने अधिकार पाएनौं।'

अनेकाैं राजनीतिक नियुक्ति गर्दा सबै पक्षलाई समेट्नसमेत सभापति पुनले माग गरेका छन्। उनले प्रदेश कार्यसमितिलाई अधिकार दिएपनि कार्यान्वयन नभएको बताएका छन्।


‘आउँदाे प्रतिनिधिसभाको निर्वाचन रोल्पाबाटै लड्छु’ (भिडियाेसहित)

प्रकाशित मिति: : 2022-07-11 17:33:00

प्रतिकृया दिनुहोस्