नवनियुक्त बागमती प्रहरी प्रमुख डिआईजी बज्राचार्यले गरिन् कर्मचारीहरुसँग अन्तरक्रिया

शनि शाक्य

काठमाडौं

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) किरण बज्राचार्यले बागमती प्रदेशमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएकी छन्।

डिआईजी बज्राचार्यले बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत प्रहरी कर्मचारीहरुसँग अन्तरक्रिया गर्नुका साथै विभागीय काम कारबाही तथा आगामी कार्यदिशाको सन्बन्धमा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएकी छन्।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा बिहीबार आयोजित एक कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख बज्राचार्यले प्रदेश प्रहरी कार्यालयमा रहेका बिभिन्न शाखाहरुबाट सम्पादित हुने काम कारबाहीको बारेमा जानकारी लिँदै प्रभावकारी कार्य सम्पादनको लागि आवश्यक निर्देशन दिएकी थिइन्।

डिआईजी बज्राचार्य केही दिनअघि मात्रै एसएसपीबाट बढुवा भई बागमती प्रदेश प्रहरी प्रमुखका रूपमा हैटाैँडा पुगेकी हुन्।

प्रकाशित मिति: : 2022-07-08 12:33:00

प्रतिकृया दिनुहोस्