आजदेखि खुल्यो अपर हेवाखोला हाइड्रोपावरको आइपीओ 

File photo
File photo

अपर हेवाखोला हाइड्रोपावरले आजदेखि आइपीओ निष्कासन गरेको छ।

कम्पनीले १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो। जसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो। 

जसमध्ये ५% अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष, २% अर्थात् ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि हो भने बाँकी १३ लाख ९५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको कम्पनीले जनाएको छ। 

२८ गतेसम्मका लागि जारी गरिएको सेयर समय अवधिभर बिक्री नभए साउन ६ गतेसम्म आवेदन दिन सक्ने बताइएको छ। 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन्। 

यसमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ। 

अपर हेवाखोला हाइड्रोपावर कस्तो कम्पनी हो?

रेटिङ एजेन्सी कियर नेपालले अपर हेवाखोलाको आइपीओलाई ‘कियरएनपी डबल बी’ रेटिङ प्रदान गरेको छ। 

यसमा कम्पनीको दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको बताइएको छ। 


 

प्रकाशित मिति: : 2022-07-08 12:05:00

प्रतिकृया दिनुहोस्