अर्थमन्त्री शर्माकाे राजीनामाबारे के भन्छन् जनता ? (भिडियाे)

Breaknlinks
Breaknlinks

नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले बुधबार अर्थमन्त्री पदबाट राजीनामा दिए। गत जेठ १४ गते बजेट निर्माणको क्रममा अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिलाई छिराएर करकाे दर हेरफेर गरेकाे आराेपमा चाैतर्फी आलाेचना भएपछि नेता शर्माले बुधबारकाे प्रतिनिधिसभा बैठकमार्फत् अर्थमन्त्री पदबाट राजीनामा गरेका थिए।

बजेट निर्माणका बेला अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा छिराएर विद्युतीय गाडीकाे कर, स्वास्थ्य बीमाको, फलाम र फलामजन्य वस्तुहरुको कर तथा सेनिटरी प्याडलगायतकाे करकाे डर सिमित व्यापारीलाई फाइदा हुने गरी हेरफेर गरेकाे आराेप उनीमाथि छ। साेही आराेप खप्न नसकेर राजीनामा दिएका उनले आफूले गल्ती नगरेकाे बताउँदै आएका छन्।

तथापि, उनकाे याे भनाइप्रति आमनागरिक भने सन्तुष्ट छैनन्, उनीहरूले विभिन्न प्रतिक्रिया दिएका छन्। यही सन्दर्भमा हामीले बिहीबार काठमाडाैँकाे भृकुटीमण्डपमा भेटिएका केही नागरिकलाई अर्थमन्त्रीकाे राजीनामाबारे के भन्नुहुन्छ ? भनेर साेधेका छाैँ। प्रस्तुत छ, साेही प्रश्नमा मानिसहरूले दिएकाे जवाफ:

प्रकाशित मिति: : 2022-07-07 19:25:00

प्रतिकृया दिनुहोस्