एकीकृत समाजवादीकाे दोलखा जिल्ला कमिटी पुनर्गठन

नेकपा एकीकृत समाजवादी दोलखा जिल्ला कमिटी पुनर्गठन गरिएको छ।

पार्टी केन्द्रीय कार्यलय आलोकनगरमा बसेको एकीकृत समाजवादी दोलखा जिल्लाबाट प्रतिनिधित्व गर्ने पार्टी केन्द्रीय सदस्यहरू, केन्द्रीय आयोग सदस्यहरू, प्रदेश सदस्यहरू, दोलखा जिल्ला कमिटी पदाधिकारी, जनवर्गीय संगठन केन्द्रीय पदाधिकारी र सम्पर्क मञ्च नेतृत्वको विशेष बैठकबाट दोलखा जिल्ला कमिटीलाई पुनर्गठित गर्ने निर्णय गरेको हो।

पुनर्गठन गरिएको जिल्ला कमिटीको अध्यक्षमा भिमप्रसाद दहाल, उपाध्यक्ष प्रोण प्रताप केसी र घनश्याम रिजाल, सचिवमा अशोक दहाल, उपसचिवमा हरिहर कार्की र संगीता पाख्रिन चयन भएका छन्।

नेकपा एकीकृत समाजावादी दोलखाको पदाधिकारीमा नयाँ युवा अनुहारहरु थपिएका छ्न्। अध्यक्ष दहाल, उपाध्यक्षहरु प्रोण प्रताप केसि र घनश्याम रिजाल यसअघिको जिल्ला कमिटीको सचिव र उपसचिवको जिम्मेवारी सम्हालेका पदाधिकारी नै हुन् भने सचिव अशोक कुमार दाहाल युवा संघ नेपालका केन्द्रीय उपमहासचिव भइ केन्द्रीय राजनीति गरेका प्रभावशाली युवा नेता हुन्।

त्यसैगरी उपसचिव हरिहर कार्की पार्टीको दोलखा काठमाडौ संपर्क मंचका अध्यक्ष हुन् भने अर्का उपसचिव संगिता पाख्रिन अनेमसंघको केन्द्रीय सदस्य तथा स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट भिमेश्वर नगरपालिकाको उपमेयर पदमा उम्मेदवार भइ झिनो मतान्तरले पराजित भएकी सक्रिय महिला नेत्री हुन्।

प्रकाशित मिति: : 2022-07-06 15:16:00

प्रतिकृया दिनुहोस्