सेकेण्ड रारा ट्रेल रन– २०२२ संचालन हुँदै

हेमन्त विवश

काठमाडौं

धर्तीकी अप्सराका नामले चिनिने राराम ‘सेकेण्ड रारा ट्रेल रन– २०२२’ संचालन हुँदैछ। असार २२ गते (बुधाबार) कार्यक्रम गरिने भनिएको २१ किमि हाप म्याराथन कार्यक्रम पश्चिम कमाण्ड हेडक्वाटरको पहलमा श्री नं. २४ बाहिनी अड्डाले संचालन गर्न लागेको हो।

रारा ताल वरिपरि हुने दौड तथा खेलकुद कार्यक्रम 2nd RARA TRAIL RUN 2022 मा श्री बक्स गुल्म राराको प्रमुख आयोजनामा हुन गइरहेको उक्त कार्यक्रमका प्रायोजकमा नेपाल टेलिकम, एन आइसी एशिया बैंक, सेन्चुरी बैंक, रारा तयारी चाउचाउ, डाँफे गेष्ट हाउस, इको रिसोर्ट र रारा कल्चरल रिसोर्ट रहेका छन्। यस्ता कार्यक्रमले भविष्यमा रारा क्षेत्रमा समग्रमा पर्यटन प्रवर्धन मात्र नभई प्रदेशको खेलकुदको स्तरमा अभिबृद्धि भई राष्ट्रिय खेलाडी उत्पादनमा योगदान पुग्ने लक्ष्य लिइएको छ।

बिहान ७ बजे सुरू हुने भनिएको उक्त कार्यक्रमको उद्घाटन मध्यपश्चिम कमाण्डपति उपरथी हिरालाल जोशीबाट गरिने भएकाे छ। जसमा महिलातर्फ र पुरूषतर्फ छुट्टाछुट्टै पुरस्कारको व्यवस्था गरिएको छ। पुरस्कारको राशी महिला/पुरूष दुबैतर्फ प्रथम, द्वितीय र तृतीयका लागि क्रमश ३० हजार, २५ हजार र १० हजार नगदसहित प्रमाणपत्र रहेको छ।

नेपालभरिबाट प्रतियोगितामा भाग लिन पाइने भनिएको भए तापनि उक्त कार्यक्रममा भागलिन प्रायजसो मध्य तथा सुदूरपश्चिमबाट धावकहरू आइपुगेका आयाेजकले जनाएको छ।

यसैक्रममा बैतडीदेखि म्याराथनमा भागलिन रारा पुगेकी हेमा भट्टले राराको सौन्दर्यले आनन्दित तुल्याएको कुरा बताइन। हेमासहित ६ जना महिला धावक रारा पुगिसकेको कुरा उनले बिएल नेपाली सेवालाई बताइन।

गत जेठ २८ मा भएकाे खप्तड शैलेश्वरी म्याराथन २०७९ मा पहिलो पटक भाग लिएकी र ४० जना धावकहरू मध्ये एक्ली महिला सहभागी बनेकी हेमा यतिखेर रारामा महिलाहरूको समूहमा दोडिँनेछिन्। हेमा खेलकै माध्यमबाट सुदूरपश्चिममा आफ्नो पहिचान बनाउन लागिपरेकी छन्। उनी बैतडीमा कराँतेकी गुरू बनेर प्रशिक्षण दिइरहेकी छन्। 

मेरो नाउँ कोरेर लैजा साईका दायाँ छाती

प्रकाशित मिति: : 2022-07-05 19:22:00

प्रतिकृया दिनुहोस्