महिनौँपछि पाए किसानले आठ केजी मल

नयाँ पत्रिका दैनिक

विवेक पोख्रेल

चितवनका ८३ वर्षीय पीताम्बर देवकोटाले निकै प्रयासपछि आज आठ केजी मल पाए। राज्यले यो उमेरमा दिएको सास्तीप्रतिको आक्रोश उनको अनुहारमा प्रस्ट देखिन्थ्यो। ‘समयमा मल पाइँदैन, न चाहिएजति पाइन्छ । बुढो मान्छे हातगोडा कमाउँदै कति लाइनमा बस्ने ? अब सहकारीमा पनि बस्दिनँ,’ उनी भन्दै थिए।

बिहान साढे पाँच बजेदेखि लाइनमा बसेकी सुस्मिता थापामगरले पनि ८ बजे मात्रै मल पाइन्। कम्तीमा २० केजी मल आवश्यक रहेको उनले आठ केजी मात्रै पाइन्। अरूको १५ कट्ठा जमिनमा खेती गर्दै आएको उनको परिवारको आम्दानीको मुख्य स्रोत खेतीपाती नै हो।

प्रकाशित मिति: : 2022-07-04 17:39:00

प्रतिकृया दिनुहोस्