मोरङको रतुवामाईमा खाल्डोभित्र युवतीको शव भेटियो

फाइल तस्विर
फाइल तस्विर

मोरङको रतुवामाईमा खाल्डोमा युवतीको शव भेटिएको छ।

रतुवामाई नगरपालिका-२ डोरियामा पानी जमेको खाल्डोभित्र सोमबार बिहान युवतीको शव फेला परेको हो।

डोरिया स्वास्थ्य चौकीबाट ५० मिटर उत्तरमा पानी जमेको खाल्डोमा युवतीको शव फेला पारेको रतुवामाई नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष जिमारत मियाँले बताए।

मियाँका अनुसार अन्दाजी २४/२५ वर्षीया महिलाको शव मृत अवस्थामा फेला परेको हो।

युवतीको शव देखेपछि स्थानीयले वडा अध्यक्ष र प्रहरीलाई खबर गरेका थिए। उनीहरुले बिहान ५ः३० बजे प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय सिजुवाले बताएको छ।

इलाका प्रहरी कार्यालय सिजुवाका अनुसार मृत फेला परेकी युवतीको पहिचान खुलेको छैन। आफन्तको खोजी गरिरहेको प्रहरीले जनाएको छ।

युवतीको शव पोस्मार्टमका लागि रंगेली अस्पताल लगिएको प्रहरीले जनाएको छ। प्रहरीको घटनाको अनुसन्धान सुरु गरेको बताएको छ।

प्रकाशित मिति: : 2022-07-04 10:18:00

प्रतिकृया दिनुहोस्