माओवादी केन्द्रीय समिति बैठककाे दोस्रो दिन : प्रदेश रिर्पोटिङ जारी, हाेला त पदाधिकारी चयन ?

नेकपा (माओवादी केन्द्र)को दोस्रो दिनको केन्द्रिय समिति बैठकमा प्रदेश संयोजकहरुले रिर्पोटिङ गर्दै छन। पहिलो दिन बाग्मती र उपत्यका विशेष कमिटीले रिर्पोटिङ गरेको भएपनि बाँकी प्रदेशकोे रिर्पोटिङ भने सोमबारबाट सुरु हुने भएको हो।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन माथिको टिप्पणी तथा स्थानीय तहको निर्वाचनको समीक्षा, संघीय निर्वाचनको तयारी, संगठनात्मक अवस्थालगायतका विषयमा प्रदेशअनुसार रिर्पाेटिङ जारी छ।

आइतबारको बैठकमा छलफलका लागि ९ बुदेँ प्रस्ताव पेश भएका छन, सोही आधारमा केन्द्रिय सदस्यहरुले धारणा राख्ने छन्।

प्रकाशित मिति: : 2022-07-04 07:55:00

प्रतिकृया दिनुहोस्