‘हाेस्टेल’मा मृत भेटिएकी रमाका बुबाकाे आर्तनाद : मेरी छाेरीकाे मासु पकाएर खाओ पापी हाे (भिडियाेसहित)

काठमाडौँको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत एकजना कर्मचारी शनिबार साँझ मृत फेला परेकी छन्।

काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलको छेउमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेकी थिइन्।

झुण्डिएको अवस्था भेटिएपनि आमहत्या नभएर हत्या भएकाे भन्दै आफन्तले शव उठाउन नमान्दा घटनास्थल तनावग्रस्त बनेकाे छ। उनको बलत्कारपछि हत्या भएको परिवारकाे आराेप छ। स्कुलले एकदिन पनि छुट्टी नदिएको, काम गरेको पैसा पनि नदिएको मृतकका आफन्तले गुनासाे समेत गरेका छन्।

‘काम गरेर जहिले पनि ७ बजे घर फर्किने रमा हिजो घर गइनन्। किन ढिलो भएको भन्दै बहिनीले फोन गरिन् तर रमाको फोन उठेन। त्यसपछि बहिनी स्कुलमा आएर गेटबाट कराइन तर उनलाई कसैले पनि भित्र जान  दिएका थिएनन्,’ मृतक रमाका आफन्तले भने,‘यदि दाजु त्यसै बेला नपुगेको भए बहिनीलाई पनि मर्ने रहेछन।’

घटनाबारे बहिनीले फाेन गरेर घरमा खबर गरेपछि मात्रै थाहा भएकाे ती आफन्तले बिएल नेपाली सेवासँग बताए। याे घटनामा पैसाकाे चलखेल भएकाे उनकाे आराेप छ।

मृत्यु भएकाे लामाे समय हुँदा पनि प्रहरीले शव हेर्न र बुझ्न नदिएकाे भन्दै रमाका बुबाले आक्राेश व्यक्त गरेका छन्। ‘हामीलाई हाम्रो छोरीको लाश हेर्न समेत दिएको छैन, पकाएर खानलाई हो भने पकाएर खाओ हामी केही भन्ने छैन तर हाम्रो अगाडि बसेर खानुपर्छ। हाेइन भने मैले मेरो छोरीको लाश हेर्न किन नपाउने ?, ’ रमाका बुबाले भने।

त्यस्तै गए राति नै शव फेला परेपछि प्रशासनले होस्टेलमा बस्ने विद्यार्थीहरूको अभिभावकलाई बोलाएर घर पठाइएको छ। आक्रोशित समूहले स्कुलमा तोडफोड गरेको छ। ढुंगा प्रहारबाट स्कुलको डिजिटल बोर्डमा क्षति पुगेको छ।

हाल अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीले परिवारसँग छलफल गरिरहेको कार्यालयका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।

प्रकाशित मिति: : 2022-07-03 21:41:00

प्रतिकृया दिनुहोस्