प्रदेश १ सभाकी प्रदेशसभा सदस्य गुलेफुन खातुनले राजीनामा दिएकी छिन्।
नेकपा एमालेबाट समानुपातिक सांसद रहेकी खातुनले बुधबार राजीनामा दिएकी थिइन्।
खातुनको राजीनामा आज स्वीकृत भएको प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए।
प्रदेशसभा सदस्य खातुनले आफ्नो व्यक्तिगत तथा पारिवारिक समस्याको कारण देखाउँदै योग्य र सक्षम व्यक्तिलाई ल्याउने मार्ग प्रशस्त गर्न राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरिएको छ।
उनलाई सरकारी सहीछाप कीर्ते गरेको आरोप लागेको थियो।