सनकको भरमा संसद विघटन गर्दा गैरदलीय प्रवृत्तिको विकास भयाे : झलनाथ खनाल 

File Photo
File Photo

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सनकको भरमा संसद भंग गर्ने कार्यले गैरदलीय प्रवृत्ति अगाडि आएको बताएका छन्।

६४औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले दुई तिहाइ बहुमत प्राप्त सरकारले पनि काम गर्न नसकेपछि जनतामा निराश छाएको बताए। ‘दुई तिहाइ बहुमतको सरकारले गर्ला भनेको माछा माछा भ्यागुतो भयो। यसकारण जनतामा निराशा छ,’ उनले भने। 

सनकभरमा संसद भंग गर्दा गैरदलीय उम्मेदवार निर्वाचित हुन थालेको भन्दै उनले संसदलाई जनता र राष्ट्रियताको बहसको थलो बनाउनुपर्ने बताए।

‘कहिलेकाहीँ हाम्रो नेताहरूलाई सनक चल्छ र संसद विघटन गरिदिन्छन्। अनि गैरदलीय प्रवृत्ति विकसित हुन्छ। स्थानीय तहको निर्वाचनमा गैरदलीय उम्मेदवारलाई जिताउने काम भयो कि भएन ? संसद राम्रो चलेन भने यस्तो प्रवृत्ति विकास हुन्छ। सनकको भरमा संसद भंग गर्ने प्रवृत्तिले हो, गैरदलीय प्रवृत्ति अगाडि आएको। यसकारण हामीले संसदलाई जनताको, राष्ट्रियताको बहसकोथलो बनाउन आवश्यक छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले भने। 

प्रकाशित मिति: : 2022-06-30 13:19:00

प्रतिकृया दिनुहोस्