केही दिन पहिले टेलिभिजनको पर्दामा एक अनौठो दृश्य देखियो । रामकुमारी झाँक्रीको गला अवरूद्ध थियो, आँखा खहरेजस्तै रसाइरहेका थिए । त्यसरी रसाएर बनेका आँसुका डल्ला बेला–बेला उनका गालाबाट तल उछिटिन्थे, त्यसलाई उनी बीचैमा पुछेर तल झर्न दिइरहेकी थिइनन् ।
विद्यार्थी जीवनमा लडाकु छवि बनाएकी रामकुमारी झाँक्रीको यो दशा ३६ हजार माइल टाढा एउटा सानो अमेरिकी सहरमा बसेर टेलिभिजनको पर्दामा हेरिरहँदा यो स्तम्भकारका मनमा अनेकौं प्रश्नहरू फालिम लागे ।
पृष्ठभूमिमा उनी मन्त्री भएको पहिलो दिनका दृश्यहरू पनि मानसपटलमा शृंखलाबद्ध भएर फालिम लागे । त्यतिबेला उनका हरेक अंगहरू प्राप्तिको खुशीले फुलिरहेका थिए । गुगलिङ गरेर अर्काइभबाट पुराना दृश्यहरू पुनः दोहोर्याएर एकपटक हेरें ।
जब यी दुवै खाले दृश्यहरूलाई दिमागको एउटै फ्रेममा राखेर तुलना गर्न थाले, मेरो मनको आशा ओइलाउँदै गयो र एक किसिमको निराशाको बादल ढाकियो ।
म धेरैपटक घरदेश छोडेर परदेश लागेकोमा ऐठन भएको मान्छे हुँ । रामकुमारीको यो मनोदशा देखेर भने पहिलोपटक अलि झ्याङ्गै भएँ र मन बुझाउन आफैंलाई शान्तवना दिँदै मनमनै भनेँ– तलाईं ऐठन लाग्न बेकार छ काइला, ठीकै गरिस् समयमै रामकुमारीहरूको देश छोडेर । मलाई पहिलोपटक नेपाललाई रामकुमारीहरूको देश भन्न मन लाग्यो र यस्तो दृश्यलाई रामकुमारी दृश्य ।
हुन पनि यो रामकुमारी दृश्य हरिबिजोग दृश्य नै थियो । त्यसमा पनि भवर्लभन्दा पनि नन भर्वल दृश्य यति प्रभावशाली थियो कि यो के भैरहेको छ भनेर सोच्न पनि सजिलो थिएन । आमसञ्चारको एक विद्यार्थी हुनुको नाता म ननभर्वल दृश्यको शक्ति ठम्याउन सक्छु ।
यो रामकृमारी दृश्यले मलाई रामकुमारीलाई चिन्न सहज बनायो। यो दृश्यमा मैले वर्षौँदेखि अर्कै ठानेकी रामकुमारी अर्कै भएर प्रस्तुत भएकी थिइन् । उनीभन्दा पनि म भ्रममा रहेछु भनेर थकथक लाग्यो ।
हुन त यो दृश्यमा एक्ली रामकुमारी हरिबिजोग देखाइरहेकी थिइन् । सबैको नांगो आँखाले देख्ने सपाट दृश्य पनि त्यही थियो, मेरा नाङ्गा आँखाले देखेको पनि त्यही हो । तर, मेरो मनको आँखाले भने यो धेरै टाढाको कुरूप दृश्य देखिरहेको थियो, जहाँ भोलिको नेपालको भविष्य भनेर प्रक्षेपित रामकुमारीहरू जस्ता हजारौं युवानेताहरूको हरिबिजोग प्रदर्शन भइरहेको थियो । हो, त्यही कुराले भने मलाई बिचलित बनाएको थियो ।
जीवनमा म धेरैपटक आर्यघाट गएको छु । कयौपटक आफ्ना प्रियजनको शवलाई काँध पनि थापेको छु । तर, कोरोनाकालमा नेपाल शिलबन्दी भएकोले आफ्नै बाबुको निधन हुँदा काँध थाप्न नपाएको अभागी पनि हुँ म । मलाई त्यो पीडाले जीवनपर्यन्त भत्भती पोलिरहन्छ । घरदेशमा र परदेशमा हुनुको फरक मलाई यही घटनाले बाराम्बार सम्झाइरहन्छ ।
सन्दर्भ, आर्यघाटमा आफ्ना प्रियजनको शवको अगाडि बसेर पीडाको सन्नाटा व्यक्त गर्नेको हो । आफ्ना प्रियजनको छुन र छाम्न सकिने शरीर अन्तिमपटक छुँदा–छाम्दा र त्यसपछि होशमा आएर जब उसलाई अब कहिले छुन छाम्न पाइँदैन भन्ने चेतना हुन्छ, त्यो बेलाको पीडा कुनै पनि भाषाको शब्दमा व्यक्त गर्नै सकिन्न ।
हो, रामकुमारी झाँक्रीको दशा ठीक त्यस्तै थियो । उनी मन्त्री नामको एक थान प्रियजनको आर्यघाटमा दाहसंस्कार गरेर खरानीमा जीवन खोजिरहेको आफन्त जस्तै मनोदशामा देखिइन् । न बोल्न सकिरहेकी थिइन्, न रून सकिरहेकी थिइन्, गला अवरूद्ध बनाएर एक किसिमको विक्षिप्त अवस्था देखाइरहेकी थिइन् ।
आखिर रामकुमारीलाई यसरी गलाअवरूद्ध पार्ने र रूवाबासी गराउने के तत्व थियो त्यस्तो ?
- के उनले जीवन गुमाएकी थिइन ?
हैन ।
- के उनले आफ्नो प्रियजन गुमाएकी थिइन् ?
हैन ।
- के उनी देश गुमाएर शरणार्थी भएकी थिइन् ?
हैन ।
- के उनी घर जलेर खरानी भएर सुकुमबासी भएकी थिइन् ?
हैन ।
रामकुमारीले पदका लागि जुन किसिमको आशक्ति देखाइन्, पार्टीको शीर्ष नेतृत्वमाथि जुन किसिमले ‘झाँक्री बसिन्, त्यसले उनको राजनीतिक कद त लिलिपुट भयो नै, उनको राजनीतिक भविष्यमाथि समेत स्वभावत: एक किसिमको कालो बादल मडारियो । यसै पनि झाँक्रीका लागि राजनीतिक स्पेस साँघुरिदै गएको थियो, यो हरिबिजोग दृश्यले अरू खुम्चियो ।
कारणमा यी सबै केही पनि थिएनन् । उनले गुमाएको त त्यही एक थान मन्त्री पद थियो । अझ उनले त्यो पद पाउँदा नै पार्टीले ६ महिनाका लागि भनेर वाचा-कसम नै गराएको थियो । जब यो सबै पार्टीपद्धतिअनुसार नै गरिएको थियो भने त्यो पद गुमाउँदा यति धेरै आशक्तिको कन्तबिजोग देखाउनुपर्ने कारण केही हुनु हुदैन थियो । तर, त्यस्तो भएन परिणाममा एक थान रामकुमारी दृश्य देख्नु पर्यो ।
हो, मन्त्रीका लागि छ महिने वाचा–बन्धन नगराएको भए हुन्थ्यो । त्यो राम्रो पनि थिएन र त्यसको सन्देश पनि राम्रो गएको थिएन । तर, जब बाचा बन्धन नै गरेपछि त त्यसको पालना गर्नुपर्थ्यो नि । रामकुमारीहरूले भन्दै आएको मूल्यको राजनीतिले त यसै भन्थ्यो । तर, त्यसो भएन ।
रामकुमारीबाट मेरो के अपेक्षा थियो भने उनी ६ महिना पुग्नु अघिल्लो दिन मन्त्रालयमा एक पत्रकार सम्मेलनको आयोजना गरेर आफूले यो–यो काम गरें भनेर हाँसी–हाँसी बिदा हुन्छिन् । आफ्नो ठाउँमा पार्टीले पठाएका मन्त्रीलाई सहयोग गर्ने वाचा गर्छिन् र कर्मचारीहरूसँग पनि सहयोगको आव्हान गर्छिन् । यसो गरेको भए उनको मानक व्यक्तित्व बन्थ्यो । तर, दुर्भाग्य रामकुमारीबाट त्यो भएन । उल्टै हरिबजिोग देखाएर वर्षौ लगाएर बनाएको व्यक्तित्व पनि स्खलित गरिन् र म जस्ता हजारौ शुभेच्छुकहरूलाई ऐठनमै पारिन् ।
यति मात्र नभएको हैन कि विधिको कुरा गरेर नथाक्ने रामकुमारी उल्टै विशिष्ट परिस्थितिको माग भन्दै केही दिनअघिदेखि नै मन्त्री नछाड्ने कुरा गर्न थालेकी थिइन् । १० जना सांसद जम्मा पारेर मन्त्री नछोड्ने भनेर पार्टीलाई थर्काउन थालेकी थिइन् ।
यस क्रममा पार्टी अध्यक्ष माधव नेपालकै निवासमा पुगेर झाँक्री शैलीमा सातो टिपेकी थिइन् । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कोमा मन्त्री नबदल्न दबाब दिन पुगेकी थिइन् । यो सबले उनलाई चिन्ने मौका दिइरहेकै थियो । तर, उनको क्लाइमेक्स भने त्यतिबेला मञ्चन भयो जब उनले मन्त्री पद छोड्नु नै पर्ने भयो ।
वास्तवमा नेपाली राजनीतिको यो रामकुमारी दृश्य, रामकुमारी झाँक्रीको त पटाक्षेप थियो नै, हरेक पार्टीमा रहेका केही हजार थान रामुकमारीहरूको सा पटाक्षेप पनि थियो । यसले नेपाली समाजलाई के सन्देश दियो भने आखिर सबै पदमा नपुगुञ्जेल त आदर्शका कुरा गर्ने रहेछन्, पदमा पुगेपछि त त्यो छोड्न जो कोहीलाई पनि सजिलो नहुँदोरहेछ ।
यसले नेपाली समाजमा जसरी पानीबिना माछा बाँच्दैन, त्यसैगरी नेपाली नेताहरू पनि पदबिना बाँच्दैनन् भन्ने एक किसिमको भाष्य निर्माण भयो । त्योभन्दा पनि बढी नेपाली समाजमा द्वैधचरित्र कति हाबी रहेछ भन्ने दृष्टान्त मिल्यो ।
यो स्तम्भकार नेपाली समाजमा व्याप्त द्वैधचरित्र देखेर यदाकदा भन्ने गर्छ– नेपालीको डिएनएमै द्वैधचरित्र छ । ऊ आफ्नाका लागि एक मानक र अर्काका लागि अर्कै मानक बनाउँछ । यो घरदेशमा मात्र हैन, नेपालको मिनियचरका रूपमा रहेको नेपाली डायस्पोरामा पनि उत्तिकै घनत्वमा छ ।
यो मन्त्री फेरबदलमा झाँक्रीजस्तै अरू तीनजना एकीकृत समाजवादीका नेताहरूले पनि विक्षिप्त नै व्यवहार देखाए, तर उनीहरूको त्यस्तो व्यवहार देख्दा कसैलाई पनि खासै अचम्म लागेन ।
नेपाली राजनीतिको यो रामकुमारी दृश्य, रामकुमारी झाँक्रीको त पटाक्षेप थियो नै, हरेक पार्टीमा रहेका केही हजार थान रामुकमारीहरूको सा पटाक्षेप पनि थियो । यसले नेपाली समाजलाई के सन्देश दियो भने आखिर सबै पदमा नपुगुञ्जेल त आदर्शका कुरा गर्ने रहेछन्, पदमा पुगेपछि त त्यो छोड्न जो कोहीलाई पनि सजिलो नहुँदोरहेछ ।
प्रेम आले र कृष्णकुमार श्रेष्ठका बारेमा कसैले केही भनेनन्, उनीहरूले विगतमा उचालेका खुट्टी देखेरै जो कोहीले पनि यस्तो अनुमान गरे । विरोध खतिवडाको सुत्केरी औषधीको रामकहानी थाहा नहुनेलाई अचम्म लागे पनि थाहा हुनेलाई त्यस्तो केही लागेन ।
आम मानिसलाई झड्का दिने काम चाँहि रामकुमारीको विचलन थियो । अझ त्यसमा पनि 'फेरि भैटौला' का नाममा उनले जुन किसिमको रूवाबासी गरिन्, त्यो भने उनीबाट सामान्य मानिसले अपेक्षा गर्ने कुरै थिएन । वास्तवमै यो एउटा हरिबिजोग दृश्य नै थियो ।
यो दृश्यले सबैभन्दा बढी रामकुमारीलाई नै घाटा पुर्यायो । अब उनी नेपाली राजनीतिमा पदका लागि हुने अधिकतम आशक्तिकी पर्यायका रूपमा अभिसप्त भैरहनेछिन् । उनलाई यो दृश्यले जीवनभर पोलिरहने छ। जीवन यसको असफल स्पष्टिकरण दिदैमा बित्ने छ।
पदका लागि उनले जुन किसिमको आशक्ति देखाइन्, पार्टीको शीर्ष नेतृत्वमाथि जुन किसिमले ‘झाँक्री बसिन्, त्यसले उनको राजनीतिक कद त लिलिपुट भयो नै, उनको राजनीतिक भविष्यमाथि समेत स्वभावत: एक किसिमको कालो बादल मडारियो । यसै पनि झाँक्रीका लागि राजनीतिक स्पेस साँघुरिदै गएको थियो, यो हरिबिजोग दृश्यले अरू खुम्चियो ।
रह्यो, रामकुमारी रून पाउँने कि नपाउँने भन्ने कुरा ? उनी रून पाउँने, डाको छोडेर पनि रून पाउँने । तर , त्यो रूवाइ एकथान मन्त्री छोड्नुपर्दा हैन, प्रियजनहरू गुमाउँदा । किनकि, रामकुमारी दृश्यको भर्वल र नन भर्वल भाषामा उनको रूवाइ अत्यन्तै निकटका प्रियजन गुमाउदा हुने खालको अस्वभाविक थियो । त्यसमा पनि मन्त्रीजस्तो पदीय जिम्मेवारीमा रहेको मानिसले त्यो पद छोड्दाको विदाइ कार्यक्रममा यसरी रून सक्छन्, कसरी भन्न सकिएला र ?