सर्वाेच्च अदालतले कम्युनिष्टलाई शत्रुतापूर्ण अवस्थामा पुर्‍यायो: वामदेव गौतम 

File Photo
File Photo

नेकपा राष्ट्रिय एकता पार्टी अध्यक्ष वामदेव गौतमले सर्वाेच्च अदालतले कम्युनिष्ट पार्टीलाई शत्रूतापूर्ण अवस्थामा पुर्याएको बताएका छन्। 

आफू नेतृत्वको नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा कार्यक्रममा अध्यक्ष गौतमले साविक नेकपा खारेज, एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वाेच्च अदालतको फैसला त्रूटिपूर्ण र हानिकारक साविक भएको बताए। सो आदेशले कम्युनिष्ट पार्टीलाई शत्रूतापूर्ण अवस्थामा पुर्याएको गौतमले बताएका छन्। 

नयाँ पार्टी घोषणा कार्यक्रममा वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘सर्वोच्च अदालतको निर्णयले पुनर्स्थापित नेकपा (एमाले) पुनः विभाजन उन्मुख भयो र केही महिना पछि साँच्चिकै विभाजित भएरै छोड्यो। जुन तपाइँहरूलाई अवगत नै छ। नेपालको कम्युनिष्ट आन्दोलनलाई सर्वोच्च अदालतको त्यो निर्णयले मुख्य कम्युनिष्ट पार्टीहरूका बीचको सम्बन्धलाई शत्रूतापूर्ण अवस्थामा परिणत गरिदिएको छ। साथै नेपालको राजनीतिक अवस्थामा गम्भीर नकारात्मक प्रभाव बृद्धि भइरहेको छ। यी तथ्यहरूको आधारमा भन्नुपर्दा सर्वोच्च अदालतको निर्णय त्रूटीपूर्ण र हानिकारक सावित भएको छ।’ 

प्रकाशित मिति: : 2022-06-28 19:33:00

प्रतिकृया दिनुहोस्