नेकपा (एमाले)को कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ।
एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय हो।
गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पार्टीकै उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै यसअघि थापालाई स्पष्टीकरण सोधिएको थियो।
एमाले कैलालीका इन्चार्ज नारदमुनि रानाले सोधेको २३ बुँदे स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नदिएपछि अध्यक्ष थापालाई निष्काशित गरिएको बैठककाे निष्कर्ष छ।