बिएल संवाददाता
‘मिस्टर एण्ड मिस एसईई सुपर मोडल, २०२२’ को शीर्ष उपाधि सिद्धार्थ तामाङ र जुना श्रेष्ठले जितेका छन्।
एभरेष्ट ईभेन्टसद्वारा हालै राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले उपाधिसँगै ५० हजार रुपैंयाँ, उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्ति, एभरेष्ट फिल्म एकेडेमीमार्फत करिब एक लाख बराबरको छात्रवृत्ति, नेपाल एयरहोस्टेस एकेडेमीमार्फत एयरहोस्टेस अध्ययन छात्रवृत्तिसँगै अन्य विभिन्न आकर्षक उपहार पाए।
त्यस्तै, कावेल लम्साल र अलिशा वाइबा तामाङ ‘फस्ट रनरअप’ बन्दा विनय राई र आकृति पोखरेल ‘सेकेन्ड रनरअप’ भए। विधागततर्फ ग्लोबल अनलाईन पेमार्फत गरिएको अनलाइन भोटिङमा सर्वाधिक भोट प्राप्त गर्दै शीर्षक नेपाल, न्यिमा वाङ्गमो र प्रेशिका मल्ल ठकुरीले ‘मस्ट पपुलर’को अवार्ड हात पारे।
अविलेख राव र लसता मानन्धर ‘अर्गनाइजर च्वाइस’, ‘मिङ्गमार शेर्पा’ र जेनिया गुरुङ ‘ब्राण्ड एम्बासडर’ र पुजा थापा ‘ब्युटी विथ ब्रेन’ घोषित भए।
आर्शु महर्जन र सुगन्धा अधिकारीको कोरियोग्राफी रहेको उक्त प्रतियोगितालाई रोजिन शाक्यले सञ्चालन गरेका थिए।प्रतियोगिताको निर्णायकमा सिल्भरस्टार इन्टरटेन्मेन्टका सिईओ, मोडल तथा कोरियोग्राफर सनिश शाक्य, फेशन कोरियोग्राफर, नायक तथा मोडल दिक्पाल कार्की, फेशन कोरियोग्राफर, नायिका तथा मोडल प्रियारानी लामा, मेकअप आर्टिस्ट तथा मोडल निलिमा पौडेल, अभ्यानी प्रोडक्सनका सिईओ अभिबिन्द खनिया र जीएसके भर्साटाएलकी सञ्चालिका तथा फेशन डिजाइनर गोमा तिवारी रहेका थिए।
आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण श्रेष्ठले एसइई परीक्षा दिएर बसेका छात्रछात्राहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर , प्रतियोगीको प्रतिभा निखार्ने , उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया