नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति गरेर एमालेमा बसेका नेताहरुलाई आफूलाई धारे हात नगर्न आग्रह गरेका छन्।
शनिबार पार्टी केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले एमालेमा बसेर आफूलाई धारे हात नगर्न बताएका हुन्।
आफूले अहिले १० भाइका कुराहरु सुनिरहेको बताउँदै उनले भने, ‘उनीहरु जथाभावी बोल्ने लेख्ने गरिरहेका छन्। उनीहरुको दिमागबाट अझै नसा हटेको छैन। त्यो पार्टीमा दासको रुपमा बस्ने कुनै मूल्य मान्यता छैन। हामीले संविधानको रक्षा गर्दा पनि उनीहरु धारे हात गर्ने दुस्साहस गरिरहेका छन्।’