अमेरिकाले नयाँ शीतयुद्ध कसरी जित्ने ?

नयाँ पत्रिका दैनिक

जोसेफ ई. स्टिग्लिज

चीन र रुस दुवैसँग अमेरिकाले नयाँ शीतयुद्ध थालेको देखिन्छ । अमेरिकी नेता जब लोकतन्त्र र अधिनायकवादको बीचमा पर्छन्, तब एक विद्रुप चित्रण देख्न सकिन्छ, विशेषगरी जब यिनै नेता सक्रिय रूपमा प्रणालीगत मानवअधिकार उल्लंघनकर्ता साउदी अरेबियालाई काखी च्यापिरहेका हुन्छन् । अमेरिकी नेतृत्वको यो पाखण्डले नयाँ शीतयुद्ध मूलतः वर्चस्वको युद्ध हो, न कि मूल्य–मान्यताको हो भन्ने देखाउँछ । 

सोभियत संघको पतनपछि अमेरिका मोटामोटी दुई दशकसम्म शीर्षस्थ स्थानमा रह्यो । तर, तत्पश्चात् मध्यपूर्वमा रचिएका विनाशकारी युद्ध, सन् २००८ को आर्थिक मन्दी, बढ्दो असमानता, दुव्र्यसनको महामारी र अन्य समस्याका कारण अमेरिकी आर्थिक मोडेलको श्रेष्ठतामा सन्देह उत्पन्न भयो । त्यसबाहेक डोनाल्ड ट्रम्पको उदयदेखि अमेरिकी क्यापिटोल (संसद्)मा कुको प्रयास, अन्धाधुन्ध गोलीबारी, रिपब्लिकन पार्टीद्वारा मतदाता अवरोधका प्रयास र क्युए–नन जस्ता षड्यन्त्रवादी दक्षिणपन्थी समूहको उदयले अमेरिकी राजनीतिक र सामाजिक जीवनका केही पक्ष गम्भीर रूपमा संक्रमित भएका छन् । 

प्रकाशित मिति: : 2022-06-23 14:03:00

प्रतिकृया दिनुहोस्