भिटामिनका नाममा ठगी धन्दा, आफूखुसी मिति, मूल्य र लेबलिङ, डाक्टरकै संलग्नतामा बिक्री

उकेरा

विकाश पराजुली

बुटवलमा सञ्चालित फार्मेसीबाट भिटामिनका नाममा ठगी धन्दा हुने गरेको खुलेको छ। यस्तो ठगीमा डाक्टरकै संलग्नता पाइएको छ। 

प्रहरीले बुटवलको दीपनगरबाट ठूलो परिमाणमा अनाधिकृत 'न्युट्रासिटिकल फुट सप्लिमेन्ट्री' बरामद गरेसँगै यो ठगी धन्दाको पर्दाफास भएको हो। 

न्युट्रासिटिकल फुट सप्लिमेन्ट्री औषधि जस्तै भिटामिनको तत्व हो। यो भिटामिन दीपनगरमा सटर भाडामा लिएर दिपेन्द्र भण्डारी सहितको टोलीले अवैध रुपमा आफूखुसी उत्पादनको नयाँ मिति राख्ने, बजार मूल्य राख्ने, लेबलिङ गरी बिक्री-वितरण गर्दै आएको थाहा पाएपछि प्रहरीले उनीहरुको गोदाममा छापा मारेको थियो।

भण्डारीले बुटवलमै मेडी बैंक प्रालि सञ्चालन गर्दै आएका छन्। ९ महिनादेखि सटर भाडामा लिएर अवैध धन्दा गरेका भण्डारीले डाक्टरकै संलग्नतामा यो भिटामिन फार्मेसीमार्फत बिक्री गर्दै आएका थिए।

प्रकाशित मिति: : 2022-06-22 14:25:00

प्रतिकृया दिनुहोस्