युक्रेन युद्धका आठ पाठ

युक्रेन युद्ध कहिले समाप्त हुन्छ भनेर भविष्यवाणी गर्नु नै हतारो हुने अवस्थामा परिणाम निर्क्योल गर्नु झनै अपरिपक्व हुन्छ । यद्यपि, यसबाट केही पाठ भने सिक्न सकिन्छ ।

नयाँ पत्रिका दैनिक

जोसेफ एस नाई जुनियर

जब रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरे, उनले किभमाथि तुरुन्तै कब्जा गर्ने र सन् १९५६ मा बुडापेस्ट र १९६८ मा प्रागमा सोभियत संघले जस्तै सरकार परिवर्तन हुने परिकल्पना गरिएको थियो । यद्यपि, यो हुन सकेन र द्वन्द्व अझै जारी छ ।

र, यो द्वन्द्व कहिले र कसरी समाप्त हुन्छ, कसैलाई थाहा छैन । केही टिप्पणीकारले तुरुन्तै युद्धविरामका लागि आह्वान गरेका छन् भने अरूले रुसलाई आक्रामकताका लागि दण्ड दिन जोड दिएका छन् ।

तर, जमिनी तथ्यले नै अन्ततः परिणाम निर्धारण गर्नेछ । युद्ध कहिले समाप्त हुन्छ भनेर गरिने भविष्यवाणी गर्नु नै हतारो हुने अवस्थामा परिणाम निर्क्योल गर्नु झनै अपरिपक्व हुन्छ । यद्यपि, प्रारम्भिक चरणमा पनि विश्वले युक्रेन युद्धबाट कम्तीमा आठ पाठ भने सिकिरहेको छ । 

प्रकाशित मिति: : 2022-06-22 14:23:00

प्रतिकृया दिनुहोस्