आइतबार, ०९ नोभेम्बर २०२५

विदेशमा बितेका छोराको लास लिन काठमाडौं आएका ससुरा-बुहारी...

News Image
• • •

विदेशमा बितेका कान्छो छोराको लास लिन काठमाडौं आएका ससुरा बुहारी अनि ड्राइभरको यात्रा हो, चिसो मान्छे।

चलचित्रभित्रका दृश्य संवाद र व्यक्ति विशेषका कथा र व्यथा प्रस्तुतिले फिल्मलाई झनै उत्कृष्ट बनाएको छ। 

चलचित्रमा कलिको उमेरको बुहारी (स्वस्तिमा)को माध्यमबाट बालबिवाहसँग जोडिएका जकडियको पुरुषप्रधान समाजलाई देखाउन खोजिएको छ। 

जेठो छोरो दस वर्षे सशस्त्र द्वन्दमा गुमाएका बुबा देशभक्त ले कान्छो छोरो पनि परदेशमा गुमाउनु पर्दा झन पीडामाथि पीडा थपिएको छ। 

उनको देशभक्त सोचले भोग्नु परेको अभाव दुख पिडाले हाम्रो सिङगो देशको पिडा बोलिरहेको छ। तर कफनभित्रको लासले विदेशमा हुने सम्भावित दुर्घटना र घटनालाई देखाइएको छ। 

अर्को तिर ड्राइभर (अर्पन)ले आफ्नो जिवन सङ्गिनी कोरोना कालमा गुमाउँदा ६ महिने छोरीलाई बहिनी ज्वाइँकोमा राखेका छन्। 

चलचित्रमा प्रयोग भएका बिम्बहरुले चिसो मान्छेको जीवन भरेको छ।

सिनेमा हलमा छिर्ने बित्तिकै हल्ला हुटिङ पर्दा अगाडि उफ्रीदै नाच्ने खालको फिल्म मात्रै हेर्ने हाम्रो परिपाटीलाई चिर्न यस्ता चलचित्र बन्न जरुरी छ।

चिसो मान्छेले एउटा इतिहास श्रव्य दृश्यका रुपमा राखिदिएको छ।याे चलचित्रले कोरोना कालको इतिहास व्यूताइ राख्नेछ। 

वास्तवमा चिसो मान्छे पीडा बोल्न्ने एउटा सशक्त माध्यम बनेको छ। 

यसले देशभक्त युवाको पीडा, गरिबी र अभावबीचमा पिल्सिएको बूढा, भर्खरै बालिक उमेरमै बिहे भएर आफ्ना सपनाहरु बिर्सनु पर्ने विधवा नारी जस्ताको पिडाहरु ओकलेको छ। 

यसले हाम्रो समग्र देशकै पीडा, दुख, अभाव, बाध्यता, कुसंस्कार अराजनीतिक जस्ता कैयन कुराहरू बोलेको छ।

एकपटक हेर्नेपर्ने चलचित्र हो, चिसो मान्छे। दिपेन्द्र के. खनालले आफूलाई फेरि अब्बल निर्देशक साबित गरेका छन्। 

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!