रविन पुन मगर (आइडु)
विदेशमा बितेका कान्छो छोराको लास लिन काठमाडौं आएका ससुरा बुहारी अनि ड्राइभरको यात्रा हो, चिसो मान्छे।
चलचित्रभित्रका दृश्य संवाद र व्यक्ति विशेषका कथा र व्यथा प्रस्तुतिले फिल्मलाई झनै उत्कृष्ट बनाएको छ।
चलचित्रमा कलिको उमेरको बुहारी (स्वस्तिमा)को माध्यमबाट बालबिवाहसँग जोडिएका जकडियको पुरुषप्रधान समाजलाई देखाउन खोजिएको छ।
जेठो छोरो दस वर्षे सशस्त्र द्वन्दमा गुमाएका बुबा देशभक्त ले कान्छो छोरो पनि परदेशमा गुमाउनु पर्दा झन पीडामाथि पीडा थपिएको छ।
उनको देशभक्त सोचले भोग्नु परेको अभाव दुख पिडाले हाम्रो सिङगो देशको पिडा बोलिरहेको छ। तर कफनभित्रको लासले विदेशमा हुने सम्भावित दुर्घटना र घटनालाई देखाइएको छ।
अर्को तिर ड्राइभर (अर्पन)ले आफ्नो जिवन सङ्गिनी कोरोना कालमा गुमाउँदा ६ महिने छोरीलाई बहिनी ज्वाइँकोमा राखेका छन्।
चलचित्रमा प्रयोग भएका बिम्बहरुले चिसो मान्छेको जीवन भरेको छ।
सिनेमा हलमा छिर्ने बित्तिकै हल्ला हुटिङ पर्दा अगाडि उफ्रीदै नाच्ने खालको फिल्म मात्रै हेर्ने हाम्रो परिपाटीलाई चिर्न यस्ता चलचित्र बन्न जरुरी छ।
चिसो मान्छेले एउटा इतिहास श्रव्य दृश्यका रुपमा राखिदिएको छ।याे चलचित्रले कोरोना कालको इतिहास व्यूताइ राख्नेछ।
वास्तवमा चिसो मान्छे पीडा बोल्न्ने एउटा सशक्त माध्यम बनेको छ।
यसले देशभक्त युवाको पीडा, गरिबी र अभावबीचमा पिल्सिएको बूढा, भर्खरै बालिक उमेरमै बिहे भएर आफ्ना सपनाहरु बिर्सनु पर्ने विधवा नारी जस्ताको पिडाहरु ओकलेको छ।
यसले हाम्रो समग्र देशकै पीडा, दुख, अभाव, बाध्यता, कुसंस्कार अराजनीतिक जस्ता कैयन कुराहरू बोलेको छ।
एकपटक हेर्नेपर्ने चलचित्र हो, चिसो मान्छे। दिपेन्द्र के. खनालले आफूलाई फेरि अब्बल निर्देशक साबित गरेका छन्।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया