पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे के भन्छन् सर्वसाधारण? (भिडियोसहित)

विश्व बजारमा इन्धनको मूल्य बढेको भन्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ।

सोमबारबाट लागू हुनेगरी आयल निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्यवृद्धि गरेको हो।

वृद्धि भएपछि एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र मट्टीतेलको मूल्य १९२ रुपैयाँ पुगेको छ।

इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुरूप यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा ५.३ प्रतिशतदेखि अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ।

पेट्रोलको मूल्य एक महिनामा एक पटक घटाएर चार पटक बढाइयो तर पनि भारतीय आयल कर्पोरेसनलाई भुक्तानी गर्न बाँकी बक्यौता असार ९ मा २२ अर्ब रहेको छ।

सरकारले योसँगै जेठ १ गते यता मात्रै पाँच पटक पेट्रोलियम पदार्थको मूल्य संयोजन गरेको छ।

पछिल्लो ३६ दिनमा पाँच पटक मूल्य संयोजन हुँदा चार पटक वृद्धि गरिएको छ भने एक पटक घटाइएको छ।

लगातार भइरहेको मुल्यवृद्धिले जनताको ढाड सेकिने भइरहँदा समेत यसविरुद्ध सशक्त ढंगले आवाजसमेत उठ्न सकेको छैन। एकै पटक यति धेरै प्रतिलिटरमा मूल्य वृद्धि भएको यो पहिला पटक हो।

यसबारे के भन्छन् त सर्वसाधारण:

प्रकाशित मिति: : 2022-06-20 20:06:00

प्रतिकृया दिनुहोस्