नेपाल-अमेरिका सेना: पाँच वर्षमा कति नेपालीले पाए सैन्य र सुरक्षा तालिम, कति अमेरिकी सैनिक नेपाल आउँछन्

बिबिसी

काठमाडाैँ

संयुक्त राज्य अमेरिकाको सहयोगमा पाँच वर्षमा नेपाली सेना र विभिन्न क्षेत्रमा कार्यरत झन्डै १४ सय जनाले सुरक्षासम्बन्धी तालिम लिएको दस्ताबेजहरूले देखाएका छन्।

अमेरिकी रक्षा मन्त्रालय र विदेश मन्त्रालयको फोरन मिलिटरी ट्रेनिङ प्रतिवेदनले सन् २०१६ देखि सन् २०२० सम्म उक्त सङ्ख्यामा नेपाली सैनिकसहित सुरक्षा हेर्ने विभिन्न निकाय, मन्त्रालय र नागरिक समाजका व्यक्तिहरूले तालिममा भाग लिएको देखाएको हो।

अधिकांश तालिम संयुक्त राज्य अमेरिकामा भएका थिए।

ती कार्यक्रमका लागि अमेरिकी सरकारले एक अर्ब ४४ करोड रुपैयाँभन्दा बढी खर्च गरेको उक्त प्रतिवेदनमा जनाइएको छ।

संयुक्त राज्य अमेरिका र नेपालबीचको सैन्य सम्बन्धमा दुई देशका सैनिकहरूबीचको तालिमको आदानप्रदान एउटा महत्त्वपूर्ण अङ्गका रूपमा रहेको अधिकारीहरू बताउँछन्।

प्रकाशित मिति: : 2022-06-20 15:16:00

प्रतिकृया दिनुहोस्