विश्व बजारमा इन्धनको मूल्य बढेको भन्दै नेपाल आयल निगमले एक लिटरमै पेट्रोलको २१ रुपैयाँ बढाएको छ। डिजेल र मट्टितेल प्रतिलिटर २७ रुपैयाँले बढाएको छ। असार ५ गते राति १२ बजेदेखि लागू भएकाे छ।
मूल्यवृद्धिसँगै पेट्रोलको मूल्य एक लिटरको १९९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १९२ रुपैयाँ पुगेको छ।
हवाई इन्धन आन्तरिकतर्फ लिटरमा १९ रुपैयाँले बढाएर १८५ रुपैयाँ पुर्याएको छ भने बाह्यतर्फ प्रतिकिलोलिटर एक सय अमेरिकी डलरले बढाएर १६४५ डलर पुर्याएको छ। एलपी ग्यासको मूल्य भने तत्काललाई यथावत् राखेको छ।
मूल्य वृद्धि भएसँगै चाैतर्फी विराेध सुरू भएकाे छ। मूल्यवृद्धि भएकाे केही घण्टा नबित्दै देशका विभन्न ठाउँमा विराेध प्रदर्शन सुरू भएकाे छ।
इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी गर्न बाँकी बक्यौता असार ९ मा २२ अर्ब पुग्ने देखिएको र खरिद लागत नै बढ्नै जाँदा निगम चरम आर्थिक सङ्कटबाट गुज्रिरहेकाले आइतबारको सञ्चालक समिति बैठकबाट निर्णय गरेर मूल्य यसअनुरूप बढाएको निगमले बताएको छ।
सरकारले याे सँगै जेठ १ गते यता मात्रै पाँच पटक पेट्राेलियम पदार्थकाे मूल्य संयाेजन गरेकाे छ। पछिल्लाे ३६ दिनमा पाँच पटक मूल्य संयाेजन हुँदा चार पटक वृद्धि गरिएकाे छ भने एक पटक घटाइएकाे छ।
निगमकाअनुसार जेठ १ गते पेट्राेलकाे मूल्य १ सय ७० रूपैयाँ बनाइएकाे थियाे। जतिबेला डिजेलकाे मूल्य १ सय ५३ रूपैयाँ थियाे। सरकाले त्यसकाे ९ दिनपछि मूल्य संयाेजन गरी पेट्राेलकाे मूल्य १० रूपैयाँले बढाएर १ सय ८० पुर्याएकाे थियाे। त्यतिबेला डिजेलमा पनि १० रूपैयाँले मूल्य वृद्धि गरिएकाे थियाे। त्यसपछि भने सरकारले अन्तर्राष्ट्रिय मूल्यअनुसार जेठ २० गते पेट्राेल र डिजेलमा १०/१० रूपाैयाँले मूल्य घटाएकाे थियाे। जतिबेला पेट्राेलकाे मूल्य १ सय ७० तथा डिजेलकाे मूल्य १ सय ५३ रूपैयाँ कामय थियाे।
तर, त्यसकाे एक हप्तामै सरकारले पेट्राेलमा ८ रूपैयाँले बढाएर १ सय ७८ पुर्याएकाे थियाे। भने, डिजेलमा १२ रूपैयाँले मूल्य बढाएरू १ सय ६५ पुर्याएकाे थियाे। तर, त्यसकाे १० दिनपछि सरकारले आइतबार रातिदेखि लागू हुने गरी पेट्राेलमा २१ रूपैयाँले मूल्य बढाएर १ सय ९९ रूपैयाँ पुर्याएकाे छ। एकै पटक यती धेरै प्रतिलिटर मूल्य वृद्धि भएको यो पहिला पटक हो।
यसरी सरकारले ३६ दिनकाे अवधिमा पाँच पटक मूल्य संयाेजन गर्दा चार पटक बढाएकाे छ।