विदेश बस्ने व्यक्तिको नक्कली मृत्युदर्ता बनाएर ७ करोडकाे जग्गा बिक्री !

विदेशमा बस्दै आएको व्यक्तिको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर ११ आना २ पैसा जग्गा बिक्री गरेको खुलासा भएकाे छ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले आइतबार काठमाडौंको कीर्तिपुरमा रहेको ११ आना २ पैसा जग्गा बिक्री गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ। 

सीआईबीका अनुसार जग्गाधनी शान्तिदेवी लोहनी नेपाल आएकाबेला जेठ ५ गते मालपोत कार्यालयमा वायोमेट्रिक गर्न गएका बेला जग्गा बिक्री भइसकेको खुलेको थियो।

घटनमा संलग्न भएका व्यक्तिहरुले विभिन्न नाममा जारी गरेको नेपाली नागरिकता, जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि, विभिन्न व्यक्तिहरुको अटो तथा पासपोर्ट साइजको फोटो ,थुप्रै थरीका मोबाइल सेट र सिमहरुको प्रयोग गरेका थिए।

पक्राउ पर्नमा महावीर चन्द, गणेशबहादुर खनाल, बाबुराम कार्की, प्रेमप्रसाद खनाल र डासी माया (ममता) श्रेष्ठाई रहेका छन्। उनीहरुले ७ करोड बराबरको जग्गा बिक्री गरेका थिए।

प्रकाशित मिति: : 2022-06-19 19:10:00

प्रतिकृया दिनुहोस्