विषाक्त केमिकल २० वर्षदेखि सीधै खोलामा फाल्दै नेपालगञ्ज मेडिकल कलेज

कोहलपुर टुडे

डिल्ली शाही

‘गर्मी मौसममा हामी डुडुवा खोलामा नुहाउन जान्थ्यौं । अहिले त खोलाको पानी खुट्टामा पर्‍र्यो कि चिलाउँछ । खटिरा आउँछ । बालबालिकालाई त खोलामा नुहाउन बन्देज नै लगाएका छौं’, कोहलपुर नगरपालिका-१० चटारका कनिया थारु गुनासो गर्छन्, ‘गाईभैसीले खोलाको पानी खाँदा सधै बिरामी हुन्छन् । दूध दिने गाईभैंसीलाई थुन पाक्ने समस्या हुन्छ । नगरपालिकाको पशु शाखालाई उपचारको लागि सधैं गुर्हानुपर्छ ।’

थारु समुदाय डुडुवा खोलामा दाहसंस्कार गर्छन् । क्रियापुत्री र मृतकका आफ्न्त खोलाको पानीमा नुहाउँछन् । स्थानीय रुपनी थारु भन्छिन्, ‘जो जो नुहाउँछन्, उनीहरुको शरीरमा खटिरा आउने र श्वासप्रश्वासमा समस्या आउँछ ।’ डुडुवा खोलाको पानी मानव र चौपायाका लागि हानीकारक भएको बारे जानकारी पाएपछि कोहलपुर टुडेको खोजमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले अस्पतालजन्य फोहरलाई प्रशोधन बिना सिधै डुडुवा खोलामा विसर्जन गर्ने भएकाले मानव र पशु स्वास्थ्यमा गम्भीर असर परेको पत्ता लागेको हो । मेडिकल कलेजको फोहर प्रशोधन गर्ने मेसिन बर्षौदेखि बिग्रिएर थन्किएको छ ।

प्रकाशित मिति: : 2022-06-18 20:59:00

प्रतिकृया दिनुहोस्