जहाँ बिरामी नभएको घर छैन

धादिङ धुनिबेँसी– १ का ६१ वर्षीय बद्रीबहादुर ओझा छालामा देखिएको एलर्जीका कारण सात वर्षदेखि अस्पताल धाइरहेका छन् । औषधि सेवन गर्दागर्दै उनको छालामा काला दाग देखिन थाले ।

अहिले त जिउसमेत सुन्निएर उनलाई हिँडडुल गर्न पनि गाह्रो हुन्छ । चिकित्सकका अनुसार सामान्य एलर्जीमा अत्यधिक औषधि प्रयोग गर्दा यस्तो हुने गर्दछ । 

गाउँकै स्वास्थ्यचौकीको औषधिले नथेगेपछि उनी नियमित काठमाडौंमा उपचारका लागि धाउने गर्छन् । तर, सिसडोल ल्यान्डफिल साइटनजिकै बस्नुपर्ने बाध्यताका कारण औषधिले उनको रोग थेग्दैन । फोहोरबाट निस्केको दुर्गन्ध र रसायनसँग बित्ने दैनिकीले सामान्य एलर्जी पनि जटिल भएको छ र वर्षौँदेखि औषधि सेवन गर्नुपरेको छ । 

प्रकाशित मिति: : 2022-06-18 08:25:00

प्रतिकृया दिनुहोस्