१७ परिवारको आँसु नदेख्ने सरकार

उकेरा

आदित्य दाहाल

२०७८ असार १ मा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची अनि हेलम्बु क्षेत्रमा ठुलो मानवीय र भौतिक क्षति गर्‍यो। बाढीमा परेर ज्यान गुमाएका पाँच जनाको शव भेटियो। तर अझैँ १७ जना ज्युदो छन् या छैनन् परिवार अन्योलमा छन्।

सिन्धुपाल्चोक जिल्लाको भ्रेमाथाङबाट आएको बाढीले हेलम्बु गाउँपालिकाको तिम्बुदेखि मेलम्ची नगरपालिकाको बाहुनेपाटी हुँदै सिपाघाटसम्म ठुलो क्षति पुर्‍याएको थियो। अर्बौँको भौतिक संरचना अनि खेतीयोग्य जमिन बगर बनायो बाढीले।

एक वर्ष भयो यो विपद् आएको। बालुवा र गेग्रानले पुरिएको मेलम्ची बजार पुरानै स्वरूपमा फर्कन सङ्घर्षमा छ। तर सङ्कट उस्तै छ। न प्रदेश सरकार न केन्द्र कसैले हेरेनन्  मेलम्चीलाई। पुन निर्माण अनि पुनर्स्थापनाको काम उस्तै छ।

प्रकाशित मिति: : 2022-06-17 14:38:00

प्रतिकृया दिनुहोस्