
बिएल संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आले अश्लील गालीगलौज गरेको अर्काे अडियो सार्वजनिक भएपछि फेरि विवादमा तानिएका छन्।
नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई कार्यकक्षमा बोलाएर धम्की दिँदै कुटपिट गरेकाे पर्यटन मन्त्रालयका एक अधिकारीले जनाएका छन्।
मन्त्री आलेले अश्लील गालीगलौजसहित अध्यक्ष अधिकारीलाई एक्कासी कुट्न थालेपछि अन्य कर्मचारीले रोकेको अन्नपूर्ण पोस्ट्लाई प्राप्त अडियोमा सुन्न सकिन्छ।
मन्त्री आलेकाे सार्वजनिक 'दाेस्राे अश्लील गाली काण्ड' फेरि सामाजिक सञ्जालमा भाइरल भएको छ। आलेले गरेको गालीगलौजसहितको अडियो सार्वजनिक भएपछि चर्को विरोध सुरू भएको छ।
यसअघि पनि उनले एकजना युवकलाई टेलिफोनवाट अपशब्द प्रयोगरेको अडियो सार्वजनिक भए पछि विवादमा तानिएका थिए। मन्त्री आले माधवकुमार नेपाल नेतृत्वको नेकपा एसवाट शेरबहादुर देउवा मन्त्रीमण्डलमा प्रतिनिधित्व गर्दै आएका छन्।
सो अडियो सार्वजनिक मन्त्रीमाथि विपक्षी र सामाजिक सञ्जाल प्रयाेगकर्ताबाट राजीनामा माग्नेदेखि खराब कार्यशैलीकाे खराे टिका–टिप्पणी भइरहेकाे छ।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
प्रतिक्रिया