एसपीपी पत्र आधिकारिक तर उद्देश्य फरक : नेपाली सेना

अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि गरिएकाे पत्राचार २०७२ को भूकम्पपछि उद्धारमा सहयोगका लागि भएकाे नेपाली सेनाले बताएकाे छ। बिहीबार दिउँसाे सार्वजनिक एसपीपी सम्झाैता पत्रबारे स्पष्टीकरण दिँदै सेनाले साे कुराकाे जानकारी दिएकाे हाे।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले सन २०१५ मा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकालाई पठाएकाे पत्र आधिकारिक भएकाे तर त्यसबारे समाचारमा सार्वजनिक भएका कुराभन्दा उद्देश्य फरक रहेकाे बिएले नेपाली सेवालाई जानकारी दिए।

‘हजुरले भने जस्तै आज सार्वजनिक भएको पत्र सही हो। तर, त्यसकाे उद्देश्य समाचारमा आएकाे जस्ताे सैन्य रणनीतिका लागि हाेइन,’ प्रवक्ता नारायण सिलवालले भने,‘त्याे पत्र विपद् व्यवस्थापनमा अमेरिकी सेनासँग सहकार्यकाे लागि गरिएकाे हाे। त्यसमा कुनै स्वार्थ् छैन।’

भूकम्पपछि उद्धारमा सहयोग गरेको अमेरिकी मित्रराष्ट्रलाई थप सहयोगका लागि अनुरोध गरिएको उनकाे आशय थियाे।

प्रकाशित मिति: : 2022-06-16 20:35:00

प्रतिकृया दिनुहोस्