बिएल संवाददाता
बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’को ट्रेलर सार्वजनिक भएसँगै फिल्म विवादमा तानिएको छ।
ट्रेलरमा प्रयोग गरिएको भीएफएक्स, सस्पेन्स, कलाकारको लुक्स र अभिनयको तारिफ भइरहँदा केहीले भने ट्रेलरमा राखिएको एक दृश्यका कारण फिल्म बहिस्कारको माग गरिरहेका छन्।ट्रेलरको एक दृश्यमा रणवीर भाग्दै मन्दिरभित्र पस्छन्।
घण्टी बजाउन उफ्रिँदा उनले जुत्ता लगाएको प्रस्ट देख्न सकिन्छ। यो दृश्य देखेका दर्शकहरुले रणवीरको शैलीप्रति रिस व्यक्त गरेका छन्।
‘जुत्ता लगाएर मन्दिरमा प्रवेश गर्नु ।यही आशा गर्न सकिन्छ। बलिउड कहिल्यै पनि सनातन धर्मलाई आहत गर्ने मौका छोड्दैन,ु एक प्रयोगकर्ताले लेखेका छन्।
अर्का प्रयोगकर्ताले ‘जुत्ता लगाएर मन्दिरमा घण्टी बजाउनु। यो दक्षिण भारतीय फिल्म र हिन्दी फिल्ममा अन्तर छ। दक्षिण भारतीय हिन्दु संस्कृतिलाई सम्मान गर्छन्’ भन्दै विरोध गरेका छन्।
अयान मुखर्जी निर्देशित फिल्मको सुटिङ करिब पाँच वर्षसम्म गरियो। फिल्मकै लागि अयान त्यो समयभन्दा अघि तीन वर्षसम्म व्यस्त थिए।
करण जोहारको प्रोडक्सनमा बनेको फिल्म ‘ब्रह्मास्त्र’ ९ सेप्टेम्बरमा रिलिज हुँदैछ। फिल्ममा अमिताभ बच्चन, आलिया भट्ट, रणवीर कपुर, मौनी रोय र नागार्जुन अक्किनेनीको अभिनय छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया