उत्तरप्रदेशस्थित बरेलीमा भारतीय रेलबाट खसेर एक नेपाली युवती घाइते भएकी छन्।
१९ वर्षिय नेपाली युवती अञ्जली भुल चलिरहेको रेलबाट खसेर घाइते भएको अधिकारीहरूले जनाएका छन्।
अछामको साँफेबगर नगरपालिका मस्टामाण्डै–४ घर भएकी नेपाली युवती भुल मुम्बईबाट नेपाल जाने क्रममा अचानक खस्दा घाइते भएकी हुन्। लगतै अञ्जलीलाई बरेलीको मधान्स अस्पतालमा भर्ना गरिएको पदम भुलले जानकारी दिएका छन्।
मुम्बईमा रहेका उर्जाशील समाजसेवी कलम प्रदेशी समन्वयपछि भारतीय गोर्खा परिसंघ, आग्रा समाजवादीका नेता रवी थापा, पूर्व भारतीय सैनिक समाजसेवी मनोज कुमार राना, नेपाली गोर्खा समाज बरेली उत्तरप्रदेशका समाजसेवी कमला घलेको समूहले अहिले घाइतेको उपचारमा खटिएको छ।