बिएल संवाददाता
नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा बुधबार २९.८९ अंकको गिरावट भएको छ। कारोबार समय सुरु भएदेखिनै घट्न थालेको नेप्से परिसूचक डेढ घण्टामै ५० अंकले ओरालो लागेको थियो। तर, पछि केही सुधारिँदै अन्तिम समयमा २९ अंक घटेर बन्द भएको हो।
यससँगै नेप्से परिसूचक घटेर १९ सय ६६ अंकमा आइपुगेको छ। यसैगरी, आज एक अर्ब ४९ करोड १७ लाख रुपैयाँ बराबरको ४१ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको छ। बजार घटेको दिन आज नेप्सेमा कारोबार भएका सबै समूह उच्च अंकले घटेका छन्।
जीवन बीमा समूहमा सबैभन्दा धेरै १८९ अंकको गिरावट आउँदा एक सय ३४ अंकले खुम्चिएको छ। यसैगरी, उत्पादनमूलक समूहमा ७७ अंकको गिरावट आएको छ भने लघुवित्त समूहमा ६६ अंकको गिरावट आएको छ। विकास बैंक समूहमा पनि ५३ अंकले घटेको छ।
नेप्से परिसूचक दोहोरो अंकले घटे पनि सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ प्रतिशतले बढेको छ। यी दुई कम्पनीका सेयर लगानीकर्ताले बाहेक अन्य कम्पनीका लगानीकर्ताले खासै आम्दानी गर्न सकेनन्।
यसैगरी, आज नेपाल टेलिकमको सेयर सबैभन्दा धेरै कारोबार भएको छ। कम्पनीको १२ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया