अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेशबारे छानबिन गर्न संसदीय समिति गठनको माग 

file photo
file photo

प्रमुख प्रतिपक्षी दल एमालेले अर्थ मन्त्रालयमा मध्यराति अनाधिकृत व्यक्ति प्रवेश गरी करको दर परिवर्तन गरिएको भनिएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश नगरेको र राज्यको नीति नियम र प्रक्रियाभित्र रहेर बजेट निर्माण गरिएको जवाफ दिएपछि एमालेले संसदीय छानबिन समिति गठनको माग गरेको हो।

१४ जेठमा अर्थमन्त्री शर्माले मध्यराति दुई जना अधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर परिवर्तन गराएको समाचार सार्वजनिक भएपछि यसको चौतर्फी विरोध भइरहेको छ।

उक्त घटना वित्तीय अपराध रहेको भन्दै संसद बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले सो घटनाबारे छानबिन गर्न संसदीय समिति गठन र उक्त दिनको मन्त्रालयको सीसीटिभी फुटेज सार्वजनिक गर्न सभामुख अग्निप्रसाद सापकोटासँग माग गरे। 

प्रकाशित मिति: : 2022-06-14 17:15:00

प्रतिकृया दिनुहोस्