पश्चिमा देशले युक्रेनलाई उपलब्ध गराएका हतियार रुसी सेनाले नष्ट गरेको मस्कोको दाबी

बिएल संवाददाता

किभ, युक्रेन
[Natacha Pisarenko/AP]

रुसले एउटा मिसाइलमार्फत अमेरिका र युरोपेली हतियार भएको एउटा ठूलो डिपो नस्ट गरेको दाबी गरेको छ। रुसी सेनाले कालिब्र क्रुज मिसाइलमार्फत युक्रेनको ठूलो डिपो नस्ट गरेको इन्टरफ्याक्स समाचार संस्थालाई उदृत गर्दै रोयटर्स समाचार संस्थाले जनाएको छ।

रुसी मेजर जनरल इगोर कोनासेन्कोभले भने, ‘ लामो दूरीको कालिब्र मिसाइलहरूले चोरतकिभ क्षेत्रको बस्ती नजिकैको ठूलो गोदामलाई् नष्ट गरेको छ।’  गोदामका हतियारलाई अमेरिका र युरोपेली देशहरुले उपलब्ध गराएको उनले बताए।

यसैबीच, रुसको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो वायु रक्षा बलले युक्रेनी युद्धक विमानहरू खसालेको जनाएको छ। मन्त्रालयका अनुसार रुसी सेनाले मिकोलायभ क्षेत्रमा एमआई जी– २९ विमान र खार्किभ क्षेत्रमा एउटा एसयु–२५ लडाकु विमान खसालेको थियो।

रुसी हमलासँगै अमेरिका र युरोपेली देशहरूले युक्रेनलाई अत्याधुनिक हतियार उपलब्ध गराएका छन्। पछिल्ले समयमा रुसी फौजले युक्रेनका निश्चित क्षेत्रलाई निशाना बनाएको छ।

प्रकाशित मिति: : 2022-06-13 06:25:00

प्रतिकृया दिनुहोस्