वि.स. २०३४ सालमा देशमा निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक पार्टीहरु भूमिगत रुपमा एकजुट भएर संघर्षका कार्यक्रम ल्याउँदै थिए। ठाउँठाउँमा बहुदलकाे पक्षमा पाेस्टर, पम्प्लेटिङ हुँदै थियाे।
स्कुलले केटाकेटीलाई बहुदलभन्दा पनि बढी पाेस्टर मन पर्थ्याे। त्यस्ता पाेष्टर पाएकाे खण्डमा घरका भित्तामा सजाउने रहर हुन्थ्याे र कताकताबाट पाेष्ट खाेजेर ल्याई घरका भित्तामा सजाउँथे। तिनै केटाकेटीमध्येका एक थिए, जुम्ला आचार्यबाडाका गाैरिनन्द आचार्य। जाे हाल आएर जिल्ला समन्वय समितिका प्रमुख भएका छन्।
ती पाेस्टरमा लेखिएका कुराले उनलाई तान्दै लग्याे। तिनमा निरङ्कुश पञ्चायती शासन ठिक छैन भनेर लेखिएकाे थियाे। एउटा सानाे पाेस्टरमा शासन व्यवस्थाकाे जारा हल्लाउने शब्दहरु थिए। परिणाम निर्दलीय पञ्चायती शासन व्यवस्थाले २०३६ सालकाे जनमत संग्रह घाेषणा गर्न बाध्य भयाे।
कर्णालीमा बहुदल ठिक भन्नेमा डाेल्पाका लक्ष्मीनारायण न्याैपाने, जुम्लाका रमानन्द आचार्य, काेल्चे कुलाल, कालीप्रसाद आचार्य, अंगराज आचार्य, कृष्णवीर श्रेष्ठहरु थिए। यी सबैका नेता थिए भिमप्रसाद श्रेष्ठ। उनकाे घरमा सुटुक्क आएर गाेप्य कुराकानी गर्नेलाई प्रशासनकाे गिद्दे दृष्टिबाट बचाउनलाई गेटमा चिया, बिस्कुट खाँदै भित्र काेही छैन भन्ने काम गर्थे गाैरिनन्द आचार्य।
यीलगायत सिंजाका गाेपाल शर्मा, बाेहाेरागाउँका नरजित राेकाया, लाम्राका हंशबहादुर डाँगी, मालाभिडका खडानन्द चाैलागाई बहुदलीय व्यवस्थाका धुरन्धर पक्षपाती थिए।
आचार्य सानै उमेरका भएपनि कहिलेकाहीँ उनीहरुका राजनीतिक कुरा सुन्ने माैका पाउँथे। उनीहरु राजनीतिक यात्रामा दु:ख पाएका कुराहरु सुनाउँथे। उनीहरुका कुरा सुन्दै जाँदा गाैरिनन्दमा राजनीतिक चेतना बढ्दै गयाे।
त्यही चेतनाकै कारण २०३८ सालमा उनलाई सदस्य उठ्नुपर्यो भनेर रमानन्द आचार्यले साेधेका थिए। उनले त्यसबेला सानै छु राजनीति गर्दैन भनेपनि राजनीति गर्नुपर्ने समय आएछ। २१ वर्षकाे उमेरमा उनी वडा सदस्य भए। त्याे चुनावमा संयाेगले उनलाई रुख चिह्न पर्यो। त्यसपछि उनले आजसम्म रुख चिह्नकाे पहरेदारी गरिरहेका छन्।
०३६ सालकाे निर्वाचनमा बहुदल हार्यो। एकफेरकाे हार सधैँकाे हार थिएन। त्यसले दलहरुलाई थप सक्रिय बनायाे। परिणाम २०४६ सालमा राजाले घुँडा टेके। आफूमा निहित सार्वभाैम सत्ता जनतालाई सुम्पे।
'२०४८ सालमा म वडा अध्यक्ष उठेकाे थिएँ। ललितजंग शाही पनि त्यतिबेला नै चुनाव लड्नुभएकाे थियाे,' आचार्यले भने, 'त्यसपछिका दिनमा मेराे राजनीति राम्राे हुन विभिन्न अड्चन आए।'
२०५४ सालमा उनी पार्टी सचिवमा निर्वाचित भए। उनलाई देखाएर त्यसबेला मानव सेजुवाललाई सचिवमा आउन दिइएन। नेतृत्वलाई मानव सेजुवाल नेता भइहाल्ला भन्ने डर थियाे, 'याे आयाे भने हामी पछि पर्छाैं' भनेर खुलेआा भन्थे। सचिव भएका उनी २०५४ काे स्थानीय तहका निर्वाचनकाे बेला चन्दननाथ गाविसकाे उपाध्यक्षकाे तयारी गरिरहेका थिए। तर त्यसबेला उनलाई टिकट पाउनबाट बञ्चित गराइयाे। क्याप लगाएका, मुन्द्रा लगाएका केटाहरुले बल प्रयाेग गरेका कारण उनी पछि हट्नुपर्ने भयाे। उनकाे राजनीतिक यात्राका धेरैजसाे गासहरुमा ढुंगा लागिरहे।
पछि गिरिजाप्रसाद काेइराला र शेरबहादुर देउवाकाे मनमुटावका कारण कांग्रेस फुट्याे। उनीलगायतका नेताहरु प्रजातान्त्रिक कांग्रेस भए। त्यतिबेला पनि उनी पार्टी सचिव नै भए। पार्टी मिलेर फेरि एक हुँदा पनि उनी सचिव नै थिए। उनी सचिव हुँदा पछि परेका मानव सेजुवाल पार्टी सभापति भएर आउँदा पनि उनलाई पार्टी सचिवकै प्रस्ताव गरियाे। तर महाधिवेशन प्रतिनिधि हराइयाे।
'मैले सचिव हुन उपयुक्त ठानिनँ। तर मानव सेजुवालले त्याे कार्यकालभरी पार्टी सचिव खाली राख्नुभयाे,' उनले भने, 'भाेकाे गाेरु जाेत्नुहुँदैन भन्ने मेराे मत थियाे। पार्टीका साथीहरुबाट मलाई विभिन्न कालखण्डमा भाेकाे राख्ने प्रयत्न गरियाे।'
बाेल्दै गर्दा उनी निकै भावुक थिए। आँसु थाम्न सकेनन्। गला अवरुद्ध भएपछि माैन बसे। सम्हालिन केही समय लाग्याे। केही बेरपछि धमिलाे स्वरमा बाेल्दै गए।
'तर मानव सेजुवालसँग एउटा नेतृत्वमा हुने गुण थियाे। अधिवेशनमा हारेका मान्छेलाई समेत भेग क्षेत्र मिलाउनुपर्छ भनेर मनाेनित गरी पार्टीलाई चलायमान बनाउनुभयाे,' उनले थपे, 'उहाँकाे देहावसानपछि पार्टी व्यवस्थित हुन निकै समय लाग्याे। इमानदार कार्यकर्ताहरु छायाँमा परिरहे।'
२०५४ सालपछि चुनाव भएन। स्थानीय स्तरका धेरैजसो नेताहरुले अवसर पाएनन्। यहीबीचमै सुरु भएकाे माओवादी आन्दोलन कांग्रेसप्रति निकै रुखाे थियो। कांग्रेसका कार्यकर्तालाई ‘मुला काटेझैं काट्छन्’ भन्ने थियाे। माओवादीले २०५७ साल मंसिर १ गते राति उनलाई अपहरण गर्याे। धेरैले साेचेका थिए, 'गाैरिनन्द आचार्य अब मुला काटिएझैं काटिनेछन्।'
कांग्रेस कार्यकर्तामा पहिलाे पटक सबैभन्दा बढी दु:ख पाउने उनी नै हुन्। तर उनी मुला काटिएझैं नकाटिनुकाे कारण बेलाबेला आउने अवसरबाट बञ्चित हुनु थियाे। उनले भने, 'मलाई पार्टीले अन्याय गरेका कारण म बाँचे। याे कुरा माओवादीलाई थाहा रहेछ,' उनले भने, 'तैपनि धेरै सुचना पाउन मलाई दु:ख दिइरहे। केरकार गरिरहे। मैले केही सूचना दिइनँ। मानव अधिकार आयाेगले पहल गरेपछि अपहरण गरेकाे नवाैं दिनमा पत्रकारकाे राेहवरमा छाेडियाे।'
अनाैठाे त के भने जिल्ला प्रशासन कार्यालयमा भएकाे सबै कुरा माओवादीलाई थाहा हुँदाे रहेछ। काे-कसकाे दायाँबायाँ बसेकाे हुन्थ्याे? के निर्णय भयाे? सबै कुरा माओवादीले थाहा पाउँथे। उनी अपहरणमा परेपछि माओवादीले सुनाएकाे कुरा र प्रशासनमा भएकाे कुरा दुरुस्तै मिल्थ्याे।
उनी छुटेर आउँदा माओवादीलाई खाना खुवाएकाे आराेपमा सुरक्षाकर्मीले समातेर १० दिन नजरबन्दमा राखे। सुखद संयाेग, त्यबेलाका डीएसपीले 'हाम्राे परिवारका सदस्य पनि चन्दा दिएका कारण मात्रै बाँच्न सकेका छन्' भनेपछि उनलाई छाेडिएकाे थियो।
राजनीतिक यात्राकाे क्रममा समय-समयमा दु:ख पाएका, पछारिएका उनले २०७४ मा मेयरकाे इच्छा राखेका थिए। तर, पछि कान्तिका सेजुवालकाे नाम आएपछि उनी पछि हटे।
याे निर्वाचनमा पनि उनकाे नाम चर्चामा थियाे। यतिबेला पछि हट्ने कुरा थिएन। आकांक्षी ११ जना पुगिसकेका थिए। अन्तिम समयमा पदम शाहीकाे नाम मेयरमा सिफारिस भएर आयाे। सिनियर कार्यकर्ता भएपनि उनले पार्टीको निर्णलाई पचाउनेबाहेक अरु गर्न सकेनन्।
पार्टीको निर्णय पचाएपनि टिकट नपाउँदा खिन्न भने भएकाे उनले सुनाए। उनका आफन्तले याे अति नै भयाे भने। सिनियर कार्यकर्ताले जिल्ला समन्वय समितिमा जान तयारी हुनुपर्छ भने। तर त्यहाँ जानकाे लागि पार्टीको बहुमत चाहिन्थ्याे। अर्काे पहुँवाला कार्यकर्ता आएकाे खण्डमा उनी अघिल्ला घटनाहरुजस्तै पछि पर्ने सम्भावना त थियाे नै।
'घरबाट नागरिकता मागेर उम्मेदवारी दर्ता गर्न लगाए। म आफैँ पनि उपस्थित भइनँ,' उनले भने, 'साथीहरुले उम्मेदवारी दर्ता गराइदिएकाे भएपनि म फिर्ता लिने मनसायमा थिएँ। तर पछि वडा अध्यक्ष लडेकाे साथीले तपाईंको उम्मेदवारी रहेन भने म हार्न सक्छु भनेपछि पछाडि हड्नुपर्ने स्थिति आयाे।'
उनले आफ्ना लागि भाेट माग्न नगएकाे सुनाए। 'गाउँले सबैले एक भाेट बाजेलाई भनेर अत्यधिक मत दिए। जिल्लाभित्रमा अरु केही विकल्प भएकाे भए त मैले आशा गर्नु पनि बेकार थियाे,' उनले भने।
कांग्रेस पार्टीले इतिहासमा धेरै पटक इमानदार कार्यकर्तालाई अन्याय गरेका कयाैं उदाहरण छन्। 'धिर गरेपछि खिर खान पाइन्छ' भनेजस्तै निकै पछि मात्रै पर्टीले उनलाई न्याय गर्यो। पार्टीले जिल्लामा बहुमत ल्यायाे। जिल्ला समन्वय समितिकाे प्रमुखका लागि उनकाे नाम सिफारिस भयाे। उनकाे मनाेनयन भएपछि अर्काे पक्षबाट उम्मेदवारी परेन र उनी निर्विरोध भए।
यतिबेला उनले विजयी भएकाे प्रमाणपत्र पनि बुझिसकेका छन्। इमानदार भएर जनताकाे सेवा गर्न तम्तयार छन्। 'राजनीतिक पार्टीमा लागे पनि सबै विषयकाे ज्ञान नहुन सक्छ। यसमा विज्ञकाे राय लिनेछु,' उनले भने, 'सबैकाे आशा पुरा गर्न पनि मुस्किल हुन्छ। साना-साना स्वार्थमा नलागि बहुमत जनताकाे हितका लागि काम गर्नेछु।'