जनताको संरक्षण गर्न नसक्ने मन्त्रीहरुलाई कुर्सीमा बस्ने अधिकार छैन : गंगा चौधरी

File Photo
File Photo

एमाले सांसद गंगा चौधरीले जनताको संरक्षण गर्न नसकेको भन्दै मन्त्रीहरुलाई कुर्सीमा बस्ने अधिकार नरहेको बताएकी छन्।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा उनले थारू समुदायको संरक्षण र संविधानप्रदत्त अधिकारसमेत दिएको आरोप लगाउँदै मन्त्रीहरूलाई मन्त्रीको कुर्सीमा बस्ने अधिकार नै नरहेको बताइन्।

राजनीति सिद्धान्त, दायित्व र मौलिक हकबारे संविधानमा हेर्न आग्रह गर्दै उनले विभागीय मन्त्रीहरूलाई जिम्मेवारीको कुर्सीमा बस्ने अधिकार र हैसियत नै नभएको बताइन्।

‘विभागीय मन्त्रीज्यूहरू, तपाइँहरू के गरेर कुर्सीमा बस्नुभएको छ। जनताको संरक्षण गर्न सक्नुहुन्न भने तपाइँहरूको कर्सीमा बस्ने हक अधिकार र हैसियत पनि छैन,’ उनले भनिन्।

थारू समुदाय नेपाली नागरिक होइन र भन्दै प्रश्न गर्दै उनले थारूमाथि नै राज्यबाट अन्याय भएको बताइन्।

प्रकाशित मिति: : 2022-06-12 15:38:00

प्रतिकृया दिनुहोस्