सोमबार, १५ डिसेम्बर २०२५

रोल्पामा खन्दै गरेको सडकमा पहिरो खस्दा दुई बालकको मृत्यु

file photo
• • •

रोल्पामा खन्दै गरेको सडकमा पहिरो खस्दा दुई बालकको पुरिएर ज्यान गएको छ।

जिल्लाको परिवर्तन गाउँपालिका–५ दाउनेभिर भन्ने ठाँउमा स्काभेटर मेसिनले सडक खन्दै गरेको स्थानमा पहिरो झर्दा सडकमा खेलिरहेका सोही ठाउँका प्रकाश खड्काका दुई छोराहरु ७ वर्षीय डेबिड र २ वर्षीय इशान खड्काको ज्यान गएको हो।

सडक खनिरहेको स्काभेटर रोकेर अपरेटर खाजा खान गएको बेला सडक माथिबाट खसेको पहिरोले बालकहरु पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी विनोद घिमिरे बताए।

उनीहरुको शव निकाली पोष्ट पार्टमका लागि जिल्ला अस्पताल रेउघा ल्याउन लागेको पनि प्रहरीले जनाएको छ।

हजुरआमासँग खेल्न आएका बालकहरु पहिरोमा परेका हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!