प्रसारण लाइनमा मान्छे चढेपछि त्रिशूली-३ 'ए' को विद्युत् उत्पादन बन्द (भिडियाे)

नुवाकोटको ककनी गाउँपालिका-७ काे प्रसारण लाइनमा एक व्यक्ति चढेपछि विद्युत् उत्पादन अवरुद्ध भएको छ।

बेलकोटगढी नगरपालिका-१३ का माइला विक शनिबार बिहानदेखि प्रसारण लाइनमा चढेपछि त्रिशूली-३ 'ए' आयोजनाको विद्युत् उत्पादन नै बन्द गरिएको हाे।

उनी लगातार ६/७ घण्टादेखि तारमा बसिरहेकाले विद्युत प्रवाह बन्द गरिएको विद्युत् प्राधिकरणले जनाएकाे छ।

ती व्यक्ति मानसिक सन्तुलन ठीक नभएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। प्रहरीका अनुसार उनलाई ओर्लिन आग्रह गर्दा पनि मानिरहेका छैनन्।

प्रकाशित मिति: : 2022-06-11 17:16:00

प्रतिकृया दिनुहोस्