कोहलपुरमा कर्मचारीको बदमासी : काजमा काठमाडौं गएको देखाउँदै कानून विपरीत भत्ता

कोहलपुर नगरपालिका भित्रका कर्मचारीले काजमा काठमाडौं गएको देखाउँदै कानून विपरीत भत्ता बुझेको पाइएको छ । गत जेष्ठ १६ गतेदेखि सञ्चालन भएको कक्षा १२ को परीक्षामा सहभागी भएका उनले कार्यालयको कामको लागि काजमा काठमाण्डौं गएको देखाउँदै कानून विपरीत भत्ता बुझेको पाइएको छ ।

कोहलपुर टुडेले पाएकाे रिपोर्टका अनुसार कोहलपुर नगरपालिकामा फायरमेन राजेन्द्र टमटाले अहिले योजना तथा अनुगमन उपशाखामा कार्यरत छन् । करार कर्मचारी उनले जेष्ठ १३ गतेदेखि १९ गतेसम्मको काठमाडौंमा कार्यालयको लागि भनी काज लिएका छन् । तर यता भने कक्षा १२ को परीक्षामा सहभागी भएका छन् । काजमा गएको १० हजार ५ सय भत्ता समेत लिएको बुझिना आएको छ । उनले कोहलपुरमा सञ्चालित एभरेष्ट माध्यमिक विद्यालयमा कक्षा १२ को परीक्षा केन्द्रबाट परीक्षा दिएका हुन् ।

प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख कर्ण बहादुर थापाले काज लिएर परीक्षा दिन नपाइने वताए । उनले भने, ‘म संग काजमा जाने भनी आदेश आएको हुन्छ, त्यसमा चलान टिपोर्ट गर्ने मात्र मेरो काम हो अरु अधिकार मेरो केही हुँदैन । छवीलाल नेपाली हुँदा पनि २०० जना काजमा गएका थिए तर ५०/५५ जनाले मात्र कार्यालय काममा गएका होलान अरु सबै आफ्नै काममा गएका थिए ।’ अहिले पनि राजेन्द्र टमटाले पहिले (१३-१९) काठमाडौंमा काजमा गएको थापाले पुष्टी गरे । तर के कामको लागि खुलाएको छैन तर अहिले फेरी थप दुई दिन बिदा लिएको थापाले वताए ।

प्रकाशित मिति: : 2022-06-11 15:42:00

प्रतिकृया दिनुहोस्